२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बैंकमा सुन राख्दा व्याज पाईने


१८५२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • सुनलाई चल सम्पत्ति बनाउँदै बैंकमा जम्मा गर्न सकिने भएको छ । बैंकमा सुन राख्दा लकर शुल्क तिर्नुपर्ने व्यवस्था रहेकामा अब भने ब्याजसमेत पाइनेछ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई यो विषयमा परिपत्रसमेत गरिसकेको छ ।

    केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै सुन निक्षेप योजना सुरु गरेको हो । योजनामा सामेल हुन अर्थात् सुन निक्षेप गरी ब्याज प्राप्त गर्न भने २५ ग्राम सुन जम्मा गर्नुपर्ने हुन्छ । साढे दुई तोलाभन्दा बढी जम्मा गरेपछि मात्र बैंकहरूले ब्याज दिनेछन् । यसका लागि सुनको शुद्धता कम्तीमा ९ सय ९५ फिटनेस हुनुपर्छ । बैंकहरूले सुनको शुद्धता राख्न छुट्टै मेसिनको व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।
    चालू आर्थिक वर्षको बजेट वक्तव्यमै अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय स्रोत बढाउन सुनचाँदीलगायत बहुमूल्य धातुलाई निक्षेपका रूपमा स्वीकार गर्ने व्यवस्था गरेका थिए । राष्ट्र बैंकले चालू मौद्रिक नीतिमा थप अध्ययन गरेर कार्यान्वयनमा ल्याउने बताएको थियो । यो समाचार आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन्  ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार