२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मोटरसाईकल दुर्घटनामा श्रीमतिको मृत्यु, श्रीमान सख्त घाईते


१९९६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको लामीडाँडामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–७ म्यालधाराकी ५५ वर्षीया मधु श्रेष्ठ रहेकी छन् । घाइते हुनेमा सोही ठाउँका मोटरसाइकल चालक ६२ वर्षीय हिमालप्रसाद श्रेष्ठ रहेका छन् । मृतक मधु घाइते हिमालको श्रीमाती रहेको प्रहरीले जनाएको छ ।

    लु.२ ख ३१७८ नम्बरको टिपरले लु.७ प ४३४ नम्बरको मोटरसाइकललाई शुक्रबार तानसेन नगरपालिका–७ लामीडाँडास्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिँदा दुबै जना घाइते भएका थिए । उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभाष लैजाने क्रममा मधुको बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ । हिमालको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार