२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सवारी दुर्घटना हुंदा काभ्रेमा दुईको मृत्यु


२१८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २४, शनिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । मण्डनदेउपुर नगरपालिका वडा नं. १२ बिस्कुटी खोल्सा ठुल्दिबेसी बगर बाट रामपुर ज्यादीतर्फ बालुवा लिई जाँदै गरेको बा.३.ख. ७१२१ नं. कोमिनीट्रक दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
    जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुसार गाडीमा सवार चालक काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं.१२ बस्ने वर्ष अं. २१ को रोशन ठकुरी र सह चालक मण्डन १२ कै वर्ष १६ को दिलिप ठकुरको घटनास्थलमानै शुक्रबार मृत्यु भएको छ ।
    घटनाको जानकारी हुनासाथ प्रहरी चौकी दोलालघाट, हिंगुवापाटी र जिल्ला प्रहरी कार्यालयबाट घट्नास्थल अनुसन्धान अधिकृत सहितको टोली पुगेको थियो । घट्नाको सम्बन्धमा अन्य थप अनुसन्धान कार्य भईरहेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार