२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सरकार असफल भए विदेशी हस्तक्षेप -नारायणकाजी


२०९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २४, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ, २४ फागुन । नेकपाका सचिवालय तथा पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवाद निर्माण आधार तयार गर्न वर्तमान सरकारलाई हरहालतमा सफल बनाउनु पर्ने बताउँदै यसका लागि वस्तुपरक र अध्ययनशील पत्रकारिता गर्न पत्रकारहरुलाई आव्हान गर्नुभएको छ ।

    शनिबार ललितपुरमा आयोजित प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यो सरकार असफल भए कुनै न कुनै ढंगबाट विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा उत्पन्न हुने बताउनु भयो ।

    कार्यक्रममा एकिकृत रुपमा निर्माण भएको प्रेस संगठन नेपालको उपत्यका प्रदेश कमिटीको साथमा उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको समेत सपथ ग्रहण समेत सम्पन्न भएको छ ।
    उद्घाटन सत्रको कार्यक्रममा केन्द्रीय राजधानीको प्रदेश कमिटीको रुपमा समेत रहेको उल्लेख गर्दै कमिटीले पत्रकारीताको महत्वपूर्ण जिम्मेवारी तथा आशा र भरोसा बोकेको संगठनको रुपमा हेरिएको बताइएको छ । कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्कालै पार्टी र सरकारलाई तिव्र गतिका साथ अघि बढाउन सक्षम भई मुलुक रुपान्तरणको लागि सक्रिय हुनुहुनेमा विश्वास व्यक्त गर्नुभयो । मुलुकको रुपान्तरण तथा विभिन्न चरणमा भएका परिवर्तनकारी आन्दोलनमा पत्रकारले खेलेको भुमिका असाधारण रहेको उल्लेख गर्दैै उहाँले लोकतन्त्रको स्थापनासँग सवैभन्दा विकसित तवरले अघि बढेको नै प्रेस जगत भएको बताउनुभयो ।

    सूचना प्रविधिको विकास सँगै अझ वढी प्रेस जगतको आवश्यकता बढेको उल्लेख गर्दै समाजवादको आधार तयार पार्ने मेरुदण्डको रुपमा प्रेस रहेको बताउनुभयो । नेपालको सामाजिक, आर्थिक, सास्कृतिकलगायतका क्षेत्रहरुको रुपान्तरणको लागि महत्वपूर्ण जिम्मेवारी प्रेस संगठनका पत्रकाहरुको रहेको उल्लेख उहाँले गर्नुभयो । क्रियाशिल, अध्ययनशिल, जिम्मेवारशिल हुनुपर्नेमा जोड दिँदै उहाँले तथ्य र वस्तुगत कुराहरुको आत्मसात् गर्नु अहिलेको अनिवार्य आवश्यकता रहेको औल्याउनुभयो ।

    अध्ययन नै क्रान्तिकारी पत्रकार हुने उल्लेख गर्दै उहाँले मुलुक रुपान्तरण गर्न कुनै पार्टी र गुटको नभई राम्रो पत्रकार हुनुपर्नेमा जोड दिनुभयो । राम्रो पत्रकार आवश्यक रहेको तर कुनै गुट पार्टीको पर्चाकार हुनु नहुने बताउँदै आलोचनात्मक चेत तथा तथ्य नभएमा पत्रकार हुनै नसक्ने समेत उहाँले दावी गर्नुभयो ।

    सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पुरा गर्न पार्टी एकता भएको उल्लेख गर्दै उहाँले रणनैतिक समाजवादको आधार तयार गर्नु नै अहिले पार्टीको मुख्य कार्यभार भएको बताउनुभयो । क्रान्तिको नयाँ मोडेलमा नेपाल अघि बढेको बताउँदै उहाँले विश्वभरिका न्याप्रेमी शक्तिहरु सफलताको कामना गरिरहेको बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलनले नयाँ बाटोका साथमा अघि बढ्दै विश्वमा नयाँ प्रयोग तथा विस्तार हुने डरले कतिपय पुँजीपति वर्ग तथा साम्राज्यवादी शक्तिहरु असफल बनाउन गिद्धेनजरले हेर्दै असफलता बनाउन लागि परिरहेकाले त्यसलाई विशेष रुपमा सजग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार