२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बाघको आक्रमणमा महिला घाईते


२०९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २५, आईतबार मा प्रकाशित ४ साल अघि
  • फागुन, वीरगञ्ज । पर्सामा बाघको आक्रमणबाट एक जना महिला घाइते भएकी छन् । पर्सागढी नगरपालिका– ८ हरपुरको रमौली गाउँ बस्ने ३७ बर्षकी घुघुली राम घाईते भएका हुन् । मनवादेखि उत्तर जंगलमा दाउरा लिन गएको अवस्थामा दिउँसो साढे १ बजेतिर उनलाई बाघले आक्रमण गरेको थियो । उनको अनुहारमा चोट लागेको छ । सँगै गएका साथीहरुले हो–हल्ला गरेर बाघलाई धपाएका थिए ।

    उनलाई सँगै दाउरा लिन गएका लक्ष्मण महतो थारु लगायतले उद्दार गरी ल्याएका थिए । घटना भएको २ घण्टापछि प्रहरीले जानकारी पाएको थियो । घुघुलीलाई उपचारका लागि नारायणी अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय एकटाँगाका प्रहरी नायब निरीक्षक पूर्ण दहालले जानकारी दिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार