२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोना भाइरसको कारण अष्ट्रेलियमा ट्वाईलेट पेपरको अभाव


१८५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २५, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस कोभिड–१९ को प्रकोप अहिले विश्वभर फैलिएको छ । यो भाइरस १०० भन्दाबढी मुलुकमा फैलिएको छ भने ३६०० बढीको ज्यान गएको छ ।

    भाइरसबाट प्रभावित बनेको एक मुलुक अष्ट्रेलिया पनि हो । अष्ट्रेलियामा संक्रमितको संख्या ७७ पुगेको छ भने तीन जनाको मत्यु भएको छ । भाइरसको त्राससँगै बजारमा हुनसक्ने अभावलाई ध्यानमा राख्दै मानिसहरुले उपभोग्य सामग्रीको जोहो गर्न थालेका छन् । विशेषगरी ट्वाइलेट पेपरको जोहो गर्न थालेका हुन् ।

    यही कारण बजारमा ट्वाइलेट पेपरको अभाव चुलिएको छ । ट्वाइलेट पेपर किन्न मानिसहरु लामो लाइनमा बस्न थालेका छन् । त्यतिमात्र होइन, ट्वाइलेट पेपर खरिद गर्न नपाएको झोंकमा विवाद तथा झगडा भएको पाइएको छ । अष्ट्रेलियाको समाचार पत्रिका एनटी न्यूजले ट्वाइलेट पेपरको अभावलाई मध्यनजर गर्दै ८ पेज खाली पाना वितरण गरेको छ ।

    अष्ट्रेलियाको सरकारले भने मुलुकमा कुनै पनि किसिमको अभावको सम्भावना नरहेको बारम्बार बताउँदै आएको छ । तर पनि मानिसहरु ट्वाइलेट पेपरकै लागि लाइनमा बसेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार