२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जिप दुर्घटना हुँदा १० घाइते


१८९३ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • २७ फागुन, गोरखा । गोरखामा जीप दुर्घटना हुँदा एकै गाउँका १० जना घाइते भएका छन् । गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्ट बोलाइएको छ । बारपाक सोलिकोट गाउँपलिका–४, सौरपानीबाट गोरखाबजारतर्फ आइरहेको बा १५ च १०१६ नम्बरको जिप मंगलबार बिहान ७ः०० बजे केउरामा दुर्घटना भएको हो ।

    ट्राफिक प्रहरी कार्यालय गोरखाका इञ्चार्ज सुकबहादुर बिकले दुर्घटनाको पुष्टि गर्दै १० जना घाइते भएको जानकारी दिए । बिकका अनुसार, दुर्घटनामा परी विमला गुरुङ, रमा गुरुङ, बुद्धबहादुर गुरुङ, श्रीमान् गुरुड, क्षेत्रकुमारी गुरुङ, टेकमाया गुरुङ र उनकी ६ वर्षीया छोरी सुनीता घाइते भएका छन् । सोही दुर्घटनामा परी  सुकमाया गुरुङ, विनोद गुरुङ, राजकुमारी गुरुङ र चालक आनन्दकुमार गुरुङ पनि घाइते भएका छन् । घाइते सबै रञ्चोकका हुन् ।

    यीमध्ये विमला, रमा, क्षेत्रकमारी र सुकमायाको अवस्था गम्भीर रहेको छ । गोरखाका ट्राफिक प्रहरी इञ्चार्ज विकका अनुसार, थप उपचारका लागि काठमाडौं लैजानु पर्ने भएपछि माउन्टेन एयरको हेलिकोप्टर बोलाइएको छ ।

    ब्रेक फेल हुँदा जिप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिप सडकबाट करिब १ सय मिटर तल खसेको छ ।गोरखामा पछिल्लो एक साताको बीचमा भएको यो दोस्रो जिप दुर्घटना हो । यसअघि जनप्रतिनिधि र कर्मचारी सवार जिप दुर्घटना हुँदा एक वडा सचिवको मृत्यु भएको थियो । गाउँपालिकाकी उपाध्यक्षसहित ७ घाइते भएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार