२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

श्रीमतिले श्रीमानलाई तेजाव प्रहार


२०६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • २७ फागुन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरीमा एक जना व्यक्तिमाथि तेजाब प्रहार भएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले घाइते २४ वर्षीय रामराजा थापाका श्रीमती प्रतिमालाई पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी वृत्त, बालाजुका डीएसपी रञ्जितसिंह राठौरका अनुसार गएराति घरमा सुतिरहेका बेला थापामाथि तेजाब प्रहार भएको देखिएको छ । झ्याल ढोका बन्द भएकाले घरभित्रैबाट आक्रमण भएको आशंका गरिएको उनले बताए । ‘बाहिरबाट हानेको भए अन्यत्र पनि तेजाब लाग्नु पर्थ्यो’, राठौरले भने ।

    घरमा उनकी श्रीमती प्रतिमा र ३ महिनाका बच्चा मात्र थिए । कोठामा बियरको बोतलमा तेजाब राखिएको पाइएको प्रहरीले जनाएको छ । थापाले पनि प्रतिमाले तेजाब हानेको बताएका छन् । उनको मुख र हातमा तेजाब लागेको छ । अहिले उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । प्रहरीका अनुसार थापा दम्पत्तिबीच पटकपटक विवाद हुँदै आएको पाइएको छ ।

    प्रतिमा श्रीमान भन्दा ३ वर्ष जेठी हुन्, उनी एक होटलमा काम गर्दै आएकी छन् । रामराजा भने सवारी चालक हुन् । प्रतिमाको यो दोस्रो विवाद भएको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार