२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बिप्लब समुहका १४ नेता प्रहरी फन्दामा


२६७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • जनकपुर — लडाकुमा संलग्‍न गराउन नेत्रविक्रम चन्द नेतृत्त्वको प्रतिबन्धित समूहका व्यक्तिबाट अपहरणमा परेकी १४ वर्षीया बालिकालाई प्रहरीले उद्धार गरेको छ । त्यस क्रममा प्रहरीले चन्द समूहका १४ लडाकुलाई पक्राउ गर्नुका साथै ठूलो परिमाणमा हतियार बरामद गरेको छ । १४ वर्षीया गरिमा मोक्तानको उद्दारका लागि खटिएका प्रदेश २ का प्रहरीले उक्त समूहको आश्रयस्थल नियन्त्रणमा लिएको हो। लडाकु बनाउन अपहरण गरिएकी १४ वर्षीया मोक्तानको उद्दारका लागि खटिएका प्रदेश २ का प्रहरीले प्रतिबन्धित चन्द समूहको आश्रयस्थलमा पुगेको थियो।
    सिन्धुलीको दुधौली–३ की मोक्तानलाई चन्द समूहका लडाकुहरूले बुधबार धनुषाको गणेशनाथ नगरपालिका–५ स्थित गौरीखोलाबाट अपहरण गरेको थियो। मोक्तानको गाइगोठ गौरीखोलामा छ। गौरीखोला गोठ र दुधौलीस्थित मोक्तानको घरको दूरी २ किलोमिटर छ। बुधबार बिहान गोठमा पुगेका चन्द समूहका लडाकुहरूले गाइगोठमै भात खाएर मोक्तानलाई लडाकू बनाउन सँगै लिएर गएका थिए। मोक्तानलाई चन्द समूहले अपहरण गरेको सूचना पाएपछि प्रदेश २ बाट प्रहरी परिचालन भएको थियो।
    त्यस क्रममा ८० जना नेपाल प्रहरी र ३० जना सशस्त्र प्रहरी उद्धारका लागि खटिएको थियो।

    बिहीबार उदयपुरको कटारी नगरपालिका–१ स्थित खसीबाँसमा रहेको चन्द समूहको आश्रयस्थलमा प्रहरीले अपरेसन गरेर मोक्तानलाई सकूशल उद्दार गरेको प्रदेश २ प्रहरी प्रमुख डिआईजी प्रधुम्‍न कार्कीले जानकारी दिए। उनका अनुसार त्यहाँबाट चन्द समूहका १४ जना लडाकु पक्राउ परेका छन्। जसमा ८ जना पुरुष र ६ जना महिला रहेका छन्।
    ‘चन्द माओवादीका लडाकु कमब्याट ड्रेसमै थिए,’ डिआइजी कार्कीले कान्तिपुरसँग भने, ‘अहिले पनि त्यो ठाउँमा हाम्रो सर्च अपरेसन जारी छ।’ प्रहरीले चन्द समूहको आश्रयस्थलबाट ठूलो परिमाणमा हतियार, विस्फोटक पदार्थ र दस्तावेज समेत बरामद गरिएको जानकारी दिएको छ। डीआईजी कार्कीका अनुसार ३ वटा पेस्तोल, ११ वटा सकेट बम र १ वटा प्रेसर कूकर बमसहित थुप्रै दस्तावेज बरामद गरिएको छ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार