२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आज परेको असिना पानीले हजारौ हेक्टरको वाली नष्ट


२५९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन ३०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • धिरज कोरी

    कपिलबस्तुमा शुक्रबार परेको असिना–पानीले पाक्न लागेको गहुँ बालीमा ठूलो क्षति पु¥याएको छ । झन्डै आधा घण्टा सम्म हावाहुरी सहित परेको असिना–पानीले कपिलबस्तु्को सदरमुकाम लगायत बिभिन्न स्थानमा लगाइएको हजारौं हेक्टर जग्गामा गहु, बालीका साथै तरकारी बालीमा ठूलो क्षति पु¥याएको हो ।

    असिना परे पछि सदरमुकाम सहित सबै स्थानिय तह हिउ परे जस्तै सेताम्य देखिएको थियो । भर्खर उत्पादन गरेको धान किसानहरुले बिक्री गरी गहु“ बाली र तोरी बालीमा लगानी गरेका आज परेको असिना पानीले बाली नोक्सान हुनेहुदा“ गहु“बालीमा आफ्नो लगानी नै डुबेको किसानहरुले दुखेसो पोखेका छन् । कपिलबस्तुमा ८३ हजार हेक्टर खेती योग्य जमीन मध्ये यस बर्ष ३२ हजार बढी हेक्टर क्षेत्रफल जग्गामा गहु“ खेती भएको छ भने ३ हजार हेक्टर भन्दा बढी क्षेत्रफल तोरी बाली लगाइएको छ ।

    त्यस्तै जिल्लामा ८ हजार हेक्टर भन्दा बढी जग्गामा तरकारी खेती भईरहेका छन् । जिल्लाका किसानहरुले, गहु खेती र तोरी खेती लगायत आलु, गोलभेडा काउली, भांटा, सेमी, लौका, करेला, प्याज, भिन्डी, मुला, बोडी, खुर्सानी तथा सागपात जस्ता तरकारीखेती गरि आईरहेको हुदा“ जिल्ला लगायत छिमेकी जिल्ला अर्घाखा“ची, दाङ, रुपन्देही, नवलपरासीमा समेत गहु, तोरी र तरकारी निर्यात हुने हुदा यहा भएको क्षति छिमेकी जिल्लाहरुको बाजारमा समेत असर पर्ने देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार