२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोनाका संक्रमित ७० हजार रोग निको भएर घर फर्के


२१४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १, शनिबार मा प्रकाशित ४ साल अघि
  • विश्व स्वास्थ्य सङ्गठनले विश्वभर कोरोना फैलिएका देशको सङ्ख्या १२३ नाघेको जनाएको छ । हालसम्म एक लाख ३२ हजार ५६७ जना सङ्क्रमित भेटिएका छन् र चार हजार ९४७ जनाको मृत्यु भएको छ ।

    कोरोना सङ्क्रमित भएकामध्ये ७० हजारभन्दा बढी निको भएर घर फर्केका छन् । अझै पाँच हजारभन्दा बढी सङ्क्रमित उच्च जोखिममा छन् । पछिल्लो समय सबैभन्दा बढी चीनका नागरिक निको भएर फर्केका छन् । कोरोना फैलिएको स्थान बुहानमा पुगेर चीनका राष्ट्रपति सी चिनफिङले चीन कोरोना सङ्कटबाट माथि उठेको सन्देश दिएका छन् । सो क्रममा चीनका स्वास्थ्यकर्मीले लगाएको मास्क खोलेर सङ्क्रमण टाढिँदै गएकोमा खुसी व्यक्त गरेका थिए ।
    हालसम्म ८० हजार ९८१ जनामा सङ्क्रमण भेटिएको छ, जसमध्ये तीन हजार ९१७ ले सङ्क्रमणका कारण ज्यान गुमाएका थिए । पछिल्लो समय जम्मा २१ वटा मात्र नयाँ सङ्क्रमित भेटिनुले चीन कोरोना सङ्कटबाट उम्कँदै गएको देखाउँछ । यो समाचार आजको गोरखपत्र दैनिकमा छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार