२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विद्युत चोरी गर्ने १७ लाई झ्याप


२३२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । पर्सामा विद्युत चोरी गरेको आरोपमा १७ जना पक्राउ परेका छन् ।विद्युतको मुख्य तारमा हुक लगाइ विद्युत चोरी गरेको आरोपमा सखुवाप्रसौनी गाउँपालिकाबाट ९, पटेर्वासुगौली गाउँपालिकाबाट ४,  पर्सागढी नगरपालिकाबाट २, बहुदरमाई नगरपालिकाबाट १ र बिन्दबासीनी गाउँपालिकाबाट १ जना गरी जम्मा १७ जना पक्राउ परेका हुन् ।

    विशेष सूचनाको अधारमा पर्सा प्रहरी र नेपाल विधुत प्राधिकरण पोखरिया शाखाको संयुक्त गस्ती टोलीले शनिबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिइएका व्यक्तिहरुमाथि आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार