२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भीमसेन मन्दिरमा चोरी


२०२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २, आईतबार मा प्रकाशित ४ साल अघि
  • डोटी जिल्ला सदरमुकाममा रहेको भीमसेन मन्दिरमा चोरी भएको छ । दिपायल सिलगढी नगरपालिका–६ मा रहेको भीमसेन मन्दिरको ढोका फोडेर चाँदीका छत्रीहरु चोरी भएको स्थानीय गोविन्दप्रसाद श्रेष्ठले बताएका छन् । मन्दिरमा चोरी कतिबेला भयो भन्ने यकिन नभएपनि गएराति चोरी भएको हुन सक्ने अनुमान गरिएको छ ।

    प्रहरीका अनुसार मन्दिरबाट करिब ५० तोलाको एक वटा र करिब १० तोलाका तीन वटा गरी करिब ८० तोला बराबरका चारवटा चाँदीका छत्री चोरी भएका छन् । चाँदीका छत्रीहरु बिभिन्न देवीदेवताको मूर्तिसँगै राखिएका थिए । भक्तजनहरुले भीमसेन मन्दिरप्रतिको आस्थाका कारण ती छत्रीहरु चढाएका थिए ।घट्नाको प्रकृति हेर्दा फलामको रड प्रयोग गरी मूल मन्दिर र मन्दिरसँगैको सभा हलको ताला तोडिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयबासीहरुले मन्दिरमा चोरी भएको जानकारी गराएपछि प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको टोली घटनास्थल पुगेर प्रारम्भिक सोधपुछ गरेको छ ।केही दिन अघि उक्त मन्दिरबाट बली हाल्ने खुँडा चोरी भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार