२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

काभ्रेमा टिपरको ठक्करबाट आमा छोरीकै मृत्यु


२२८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र ३, सोमबार मा प्रकाशित ४ साल अघि
  • पनौतीमा टिपरले ठक्कर दिंदा आमाछोरी दुवैको मृत्यु भएको छ । मृत्यु हुनेमा खानीखोला गाउँपालिका वडा नं १ की जुनी मायाँ गोले र उनकी छोरी स्मारीका गोलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

    दिउसो ४ बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिदाँ आमा छोरा गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागी शीर मेमोरियल बनेपामा लगीएको भए पनि उपचारको क्रममा उनिहरुको मृत्यु भएको तिमिल्सिनाले जानकारी दिए ।

    टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पनौतीमा स्थानियहरुले टिपरको बिरोध गर्दै नारा बजी गरेर सडक अबरुद्ध गरेकाछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार