२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जुवाको खालबाट चार महीला सहित प्रहरी फन्दामा


२१५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र ४, मंगलबार मा प्रकाशित ४ साल अघि
  • बुटवल । बुटवलमा जुवा खेलिरहेका ४ महिलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलले सुख्खानगरको एक घरबाट ५ जुवाडेलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

    समूहमा तास खेलिरहेका महिला रूपन्देहीबाट पक्राउ परेको यो पहिलो घटना हो । उनीहरूको साथबाट ६० हजार नगदसहित ४ बुक ताससमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार