२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कृषकलाई नगदे वालिमा २५ प्रतिशत नाफाको ग्यारेण्टी, मन्त्री भुसाल, सरकारले तोकेको मुल्यमा कृषि उपज नविके सरकारले नै खरिद गर्ने


३१११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र ५, बुधबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के मैनाली

    काठमाडौं । कृषि प्रधान मुलुकका कृषकहरु उचित बजार मुल्य अभावका कारण खेति प्रति वितृष्णा भएको अवस्थामा सरकारले कृषकहरुलाई नाफा हुने ढंगबाट मुल्य निर्धारण गर्ने तयारी गरेको छ ।

    कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले खेती गर्दा कृषकहरुको लागत मुल्य (खर्च कटाई) कृषकलाई फाईदा हुने ढंगबाट मुल्य निर्धारण गर्ने तयारी गरेको बताउनु भयो ।

    आज मन्त्री भुसालले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै मुख्य बाली वस्तुको उत्पादन लागतको मूल्यांकन गरेर कृषकलाई उचित ढंगको नाफा हुने गरी न्युनतम मुल्य निर्धारण गर्ने बताउनु भयो । सरकारले तोतेको मुल्यमा कृषि उपज बिक्रि नभए सरकारले नै खरिद गर्ने व्यवस्था गरेको जानकारी गराउनु भयो ।

    मन्त्री भुसालले यसअघिको अनुदानमा प्रणालीमा सुधार गरी सबै किसानले पाउने गरी मल, बीऊ, सिञ्चाई र विजुलीमा अनुदान दिने बताउनु भयो । कृषकहरुको हितको लागि कृषि तथा पशु प्राविधिकको व्यवस्था गर्ने साथै कृषकलाई ५ प्रतिशत ब्याजदर नबढ्ने गरी कृषि ऋणको व्यवस्था गर्ने पनि घोषणा गर्नुभयो । कुनैपनि हालतमा नगदे बालिमा कृषकहरुलाई लागत खर्च कटाई २५ प्रतिशत नाफा हुनेगरी मुल्य निर्धारण गर्ने बताउनु भयो ।

    पत्रकार सम्मेलनमा पत्रकारहरुले कृषिको विकास किन भएन भन्ने प्रश्नको उत्तर ‘हामी पर्याप्त बलियो नभएर’ विकास हुन नसकेको बताउनु भयो । परिणाम के भयो भने हामी साधन श्रोत र कानूनले बलियो हुँदै गयौँ तर किसान र कृषि बलियो भएनन् । दातृ निकायको सहयोगले नेपालको कृषिमा महत्वपूर्ण भूमिका खेलेको छ तर त्यसबाट पनि अपेक्षित परिणाम निकाल्न सकेनौं मन्त्री भुसालको तर्क थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार