२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सरकारको दाबीमा सत्यता छैन- डा. दिक्षीत, नेपालमा कोरोना भाइरसबाट संक्रमित छैनन् -डा. झा


२०३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र ६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं, ६ चैत्र । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा कोही पनि कोरोना भाइरसको संक्रमित नभएको स्पष्ट पारेपनि चिकित्सक समेत रहेका नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितले सरकारको दाबीमा सत्यता नरहेको दाबी गरेका छन् ।

    बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै डा. झाले आशंकित विरामी सबैको परीक्षण भइसक्दा पनि देशमा कोरोना भाइरसको संक्रमित नभएको बताइन् । तर, डा. दिक्षितले ल्याबको क्षमतामाथि नै प्रश्न गरे ।

    देशभर कोही पनि कोरोना भाइरसको संक्रमित नरहेको बताइन् । रोगको सम्भावित लक्षण देखिएका विरामीहरुमध्येबाट दैनिकजसो परीक्षण भइरहेको भन्दै तथ्यांकगत आधारमा हाल देशमा कोही पनि कोरोना भाइरस संक्रमित नभएको स्पष्ट पारेकी छिन् ।

    क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले रोगको संक्रमण नभएको अवस्थामा हल्ला र भ्रमको पछि नलाग्न समेत आग्रह गरिन् । ‘हाल देशमा कसैलाई पनि कोभिड–१९ को संक्रमण छैन’– डा. झाले भनिन्,‘आजसम्म आशंकित ५२१ जनाको परीक्षण भइसकेको छ ।’

    उनले परीक्षणमा आउने संख्या दिनहुँ बढेपनि कोही पनि संक्रमित नभेटिनु खुशीको विषय भएको बताईन् । यसअघि परीक्षणबाट संक्रमित व्यक्तिसमेत स्वस्थ भइसकेको उनको भनाई छ । झाले सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम गर्न कदम चालिसकेको र परीक्षणबाट कोही संक्रमित भएमा तत्काल उपचारको उपाय अबलम्बन गर्नेगरी तयारीसमेत गरिसकेको विश्वास दिलाईन् ।

    उनले भनिन्,‘जनताहरुलाई थप त्रास नफैलाउन म सबैसँग आग्रह गर्दछु । उनले कोरोना भाइरसको बारेमा सबैजना सचेत रहेको देखिइसकेकाले स्वास्थ्यकर्मी, मिडियादेखि स्वयंसेवीले खतरा मोलेर काम गरिरहेको बताइन् । डा. झाले संक्रमण हुन नदिन आवश्यक निर्देशन पालना गर्न पनि सबैसँग आग्रह गरिन् । उनले अहिलेको अवस्था एकदमै अप्ठ्यारो अवस्था भएकोले यस्तो बेलामा मास्कको कालोबजारी नगर्नसमेत आग्रह गरिन् । उनले भनिन्,‘एउटा संक्रमित विरामीले मास्क लगाएमा सयौंलाई सर्नबाट बचाउन सकिन्छ, त्यसैले मास्कको कृत्तिम अभाव सृजना गरी असुरक्षित बनाउने र बन्ने काम नगरौं ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार