२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेक बन्द


२५३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र ७, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमा राजपत्रमा प्रकाशित अत्यावश्यकबाहेकका सेवाहरु चैत ९ देखि २१ सम्म बन्द गर्ने बताएका छन् ।

    सम्बोधनको एउटा बुँदामा भनिएको छ-‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ।’तर, सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाजगर्न पनि सम्बोधनमा भनिएको छ।

    राजपत्रको भाग ५ मा आवश्यक सेवाबारे उल्लेख गरी यिनमा हड्ताल गर्न रोक लगाइएको छ। राजपत्रका अनुसार हुलाक, डाँक, अस्पताल, हातहतियार र आन्तरिक सुरक्षा, खानेपानी, विद्युत, औषधि निर्माण तथा वितरण, फोहोर मैला संकलन, दाल चामल-नुन तेलजस्ता दैनिक उपभोग्य वस्तुको उत्पादन, ढुवानी तथा पैठारी, पेट्रोलियम भण्डारण लगायतका सेवा आवश्यक सेवा हुन्।

    राजपत्रमा यी व्यवस्था भएपनि कोभिड १९ विरुद्ध सरकारले चालेका कदम र प्रधानमन्त्रीको संवोधन अनुसार राजपत्र भाग ५ का बुँदा नम्बर ३, ४ र १० मा भने यो प्रावधान लागु नहुने देखिन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार