२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नगर उप—प्रमुख र प्रशासकिय अधिकृत विच चरम बिवाद


२१०८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र ८, शनिबार मा प्रकाशित ४ साल अघि
  • धिरज कोरी

    कपिलवस्तु /कपिलवस्तुको कृष्णनगर नगरपालिकामा उपप्रमुख र निमित्त प्रमुख प्रशासकिय अधिकृत विच विवाद भएको छ । नगरपालिकामा हाल सम्म कुनै पनि विकास निर्माणको काम नभएको तर कागजात मिलाएको भरमा भुक्तानी दिएको र उपमेयरलाई कुनै जानकारी विना टेण्डर गरेको भन्ने विषयमा विवाद भएको हो ।

    उपप्रमुख सबनम खातुनले प्रेस बिज्ञप्ति समेत जारी गरेकी छिन। यस नगरपालिका बाट आवश्यक कागजात र रीत नपुगेका उपप्रमुख को अनुगमन तथा अनुगमन प्रतिवेदन पेश नै नभएका तपशील का योजना हरुमा भएको भुगतानी साथै आवश्यक कागजात र रीत नपुगेका टेण्डर प्रकृया अगाडी बढाईएको बारेमा प्रश्न गर्दा नगरपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र चौधरी बाट प्राप्त जबाफ पदिए जिम्मेवारी अनुसार नभएको ले र मेरा सलाहकार संग केही भनाभन समेत भएको ले उपप्रमख को अधिकार माथि सम्बन्धित व्यक्तिले गरेको उक्त व्यावहार र अपमान प्रति घोर आपत्ति प्रकट गरेको बताएकी छिन। खातुनको भनाईनुसार मलाई जानकारी नै नदिई एकलौटि रुपमा टेण्डर आह्वान गर्ने , टेण्डर निकाल्ने र भुक्तानी दिएको विषयमा विवाद भएको छ।

    विकास निर्माणको काम नभएको तर १ करोड भन्दा बढि रकम निकासा दिएको १:-रानी फिल्ड सरसफाई वडा नं ३, माडा धर्मशाला निर्माण वडा नं९,श्री राम गोरखा मा. वि.भवन वडा नं९, पल्टा माई सामुदायिक भवन वडा नं९, डुमाई घाट पुल निर्माण वडा नं१ योजनाका कामहरुको उपप्रमुख अनुगमन विना नै निमित्त प्रमुख प्रशासकिय अधिकृत लगायतको मिलेमतोमा भुक्तानी गरेको जनाए । विहिबार खुल्न लागेको वडा नं. ३ र ८ को पोखरी सुन्दरीकारणको टेण्डर र वडा नं. ९ र १० को बाटो निर्माणको टेण्डरका बारेमा पनि उप मेयरलाई कुनै जानकारी किन नदिएको भन्ने विषयमा बुझ्न खोज्दा विवाद भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार