२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

५ सय ७९ परिक्षण गर्दा भेटिएन कोरोना


१९०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र ९, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न महत्त्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो । तीमध्ये सबैमा कोरोना नेगेटिभ नतिजा देखिएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ सय जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको उपकरण छ । प्रयोगशालामा हाल दैनिक ५० देखि ६० जनासम्म कोरोना परीक्षणका लागि नमुना आउने गरेको छ । तर, सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए । प्रयोगशालाले ‘नेजल स्वाब’ र ‘थ्रोट स्वाब’ को नमुनाबाट परिक्षण गर्दै आएको छ । हाल २५ जनाको कोरोना परीक्षण भइरहेको छ ।

    चीनबाट आएका एक नेपालीलाई दुई महिना अघि कोरोना पोजेटिभ देखिएको थियो । उनको रिपोर्ट हङकङ पठाइएको थियो । पुनः कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि हालसम्म कुनै पनि नेपालीलाई कोरोना पोजेटिभ नभएको प्रयोगशालाले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार