२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनसान काठमाडौ, भीडभाड गरे कारबाही


१९५६ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र ९, आईतबार मा प्रकाशित ४ साल अघि
  • कोरोनाको संक्रमण हुनसक्ने आशंकाका कारण सरकारले आजदेखि लागू हुने गरी अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रमा रोक लगाएको घोषणा गरेपछि काठमाडौं उपत्यकाको आवागमनमा निकै कमी आएको छ ।

    चैत २१ गतेसम्म एघार दिन लामो बिदा घोषणा गरेपछि राजधानी बस्दै आएका करिब तीन लाख नागरिक घर फर्किसकेका छन् । सरकारले आजदेखि लामो दूरीका सार्वजनिक यातायात बन्द हुने घोषणा गरिसकेको छ । उपत्यकाको सडकमा खचाखच हुने सवारी साधन गुड्न छाडेका छन् । मन्दिरमा भीड हुन छाडेको छ । सबै सार्वजनिकस्थलमा सुनसान छन् ।
    काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भीडभाड नियन्त्रण र कालोबजारी अन्त्य गर्न विशेष टोली परिचालन गरिएको बताएका छन् । दाहालका अनुसार प्रहरीको विशेष टोलीले आजबाट अनुगमनलाई तीव्रत दिनेछ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार