२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा मोटरसाइकल दुर्घटनाहुंदा दुईको मृत्यु


३७७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र ९, आईतबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । काभ्रेको बनेपा नगरपालिका वडा नं १३ (अरनिको राजमार्ग) भैसेपाटीमा आज (आईतबार) बिहान मिनिट्रक र मोटरसाईकल एक आपसमा ठोकिंदा मोटरसाईकल चालक र मोटरसाईकलको पछाडी बसी सवार गर्नेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

    ईलाका प्रहरीका अनुसार बनेपाबाट साँगा तर्फ जाँदै गरेको बा.५.ख २३९० नं को मिनिट्रक र बिपरित दिशाबाट आउंदैगरेको बा.५७ प ७२८ नं को मोटरसाईकल एक आपसमा ठोकिएर दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाईकल चालक र मोटरसाईकलको पछाडी बसी यात्रा गर्ने तीनै जना घाईते भएकोमा प्रहरीले उपचारको लागि बनेपा स्थित शिरमेमोरियल अस्पताल पठाएको थियो ।

    अस्पतालमा उपचारको क्रममा मोटरसाईकल चालक उदयपुर रौतमाई गाउंपालिका वडा नं ४ घर भएका ३५ बर्षिय मिनबहादुर श्रेष्ठ र ५ बर्षिय सुविन श्रेष्ठको मृत्यु भएको छ । मोटरसाईकलमा सवार गर्ने अर्की बर्ष १९की सुनिता श्रेष्ठको उपचार हुंदै गरेको प्रहरीले जानकारी गराएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार