२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

भोलीबाट स्थानिय रुटमा मात्रै सार्वजनिक यायायात संञ्चालन हुने,लामो रुटमा बन्द


१६८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र ९, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — सोमबारबाट सरकारले लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ । जिल्लाभित्र स्थानीय रुटमा मात्र गाडी चल्न पाउने छन् ।

    एक जिल्लाबाट अर्को जिल्ला तथा सहर जान भने रोक लगाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । ‘कोरोना भाइरसको त्रासले गर्दा गाडी र यात्रुको मुभमेन्टलाई नियन्त्रण गर्न खोजिएको हो,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलका सचिव देवेन्द्र कार्कीले भने,‘पुरै लक डाउन नभएपनि मुभमेन्ट नहोस् भन्न यस्तो गरिएको हो, जो जहाँ छ, त्यही बस भन्न खोजिएको हो ।’ निजी र मालबहाक साधनलाई भने आवतजावतमा नरोकिने उनले बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा शुक्रबार सम्बोधन गर्दै केही समयमा लागि लामो दूरीका यातायातका साधनमा रोक लगाउने बताएका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भिमप्रसाद ढकालले उपत्यकाका तीन जिल्ला भक्तपुर,ललितपुर र काठमाडौंमा भने स्थानीय रुटमा सवारी साधन चल्न पाउने छन् ।

    ‘तर काभ्रेबाट भने यात्रु बोकेर आउने सवारी साधनलाई रोक लगाइएको छ,’ उनले भने । यो नियम आइतबार राति १२ बजेबाट लागू हुने छ । त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबारयता ६ लाख ९२ हजार ५ सय २४ जनाले उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालका अनुसार आइतबार एकैदिन २ लाख २२ हजार ४ सय ७ जनाले उपत्यका छाडेका हुन् ।

    यही दिन उपत्यका भित्रिनेको संख्या ३६ हजार ३ सय ४२ रहेको छ । आइतबार ३३ हजार ८ सय ६२ सवारी साधन यात्रु बोकेर बाहिरिए भने १३ हजार ७ सय ७४ गाडी उपत्यका भित्रिएका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार