२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

स्वस्थ्यकर्मीहरुलाई शतप्रतिशत प्रोत्साहन भत्ता


२५८५ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १०, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । सरकारले संलग्न हुने स्वास्थ्यकर्मीहरुलाई पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) लगायतका सुरक्षा उपकरण उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि आवश्यक सबै उपकरण उपलब्ध गराउने निर्णय गरेको हो ।

    सुरक्षा किट नहुँदा कोरोना भाइरस (कोभिड १९) सँग मिल्दोजुल्दो लक्षण भएका विरामी अस्पताल जाँदा पनि चिकित्सकहरु त्रसित हुने अवस्था छ । चिकित्सकहरुले पीपीई लगायतका सुरक्षा उपकरण उपलब्ध गराउन माग गर्दै आएका थिए । बैठकले फ्रन्ट डेस्कमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई ५० देखि शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

    यसअघि कोरोनासम्बन्धी उच्चस्तरीय समितिले २५ देखि ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले त्यसलाई बढाएर ५० देखि शतप्रतिशत बनाएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार