२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखाल र चौरीदेउरालीमा सवारी दुर्घटनाहुँदा दुइको मृत्यु


२२७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १०, सोमबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल । पाँचखाल नगरपालिका वडा नं ८ अरनिको राजमार्ग खण्डको ५३ किलोमा बोलेरो र स्कारपियो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा आज (सोमबार) एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

    काठमाडौबाट दोलखा तर्फ जाँदै गरेको बा.२०.च ७७८७ नं.को बोलेरो गाडी र दोलालघाट तर्फबाट पाँचखाल तर्फ जाँदै गरेको गरेको प्रदेश नं.३—०१—०२३ च २१४० नं.को स्कारपियो गाडी एक आपसमा ठक्कर खाई सवारी दुर्घटना हुँदा दोलखा भिमेश्वर नं.पा ५ बस्ने बर्ष ६२ की बाल कुमारी आचार्यको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुसार बोलेरो गाडी सडक बाट अं.१५ मिटर तल खस्दा बोलेरोमा सवार चालक सहित १४ जना घाईते भएको जानकारी पाउना साथ प्रहरी चौकी पाँचखाल र दोलालघाटबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले उद्दार गरी उपचारको लागि धुलिखेल अस्पतालमा पठाएको थियो । उपचारको क्रममा ६२ बर्षीय आचार्यको मृत्यु भएको र अन्य घाईतेको उपचार भईरहेको प्रहरीले जानकारी गराएको छ ।

    घटना घटेको जानकारी पाउंनासाथ पाँचखाल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष शंजय तामाङको नेतृत्वमा घटनास्थल पुगेका टोलीले घाईतेहरुको उद्धार साथै घाईतेहरुको साथमा रहेको नगद तथा सुनको सुरक्षीत गर्दै प्रहरीलाई जिम्मा लगाएको थियो । उनीहरुलाई अस्पताल पठाउने कार्यमा वडा अध्यक्ष तामाङको नेतृत्वमा गएको टोलीले सघाएको थियो ।

    त्यसैगरी चौरीदेउराली गाउँपालिका वडा नं.५ वालुवा स्थित भित्री सडक खण्डको उकालो बाटोमा मृत संञ्जिवनी कन्ट्रक्सन कम्पनीको ट्याक्टर रोकि राखेको,सो ट्याक्टरमा चढी खेल्ने क्रममा एक्कासी ट्याक्टर आफैं गुडी ब्याक भई दुर्घटना हुँदा चौरीदेउराली गाउँपालिका वडा नं.५ बस्ने बर्ष ५ को सम्राट चौलागाईलाई चक्काले किची घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

    भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीबाट प्र.नि.को कमाण्डमा घटनास्थल अनुसंन्धन अधिकृत सहितको टोलि खटि गएको,घट्नास्थल तथा लासजाँच प्रकृति मुचुल्का लगायतको प्ररम्भिक अनुसन्धान कार्य भईरहेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार