२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गाँजा सेवन गर्ने सवारी चलाउने रम्तेल लाई काभ्रे प्रहरीले झ्याप


२५५६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १०, सोमबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । गाँजा सेवन गरी यात्रु बाहक सवारी चलाउने चालकलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही प्रकृया अगाडी बडाएको छ ।

    प्रहरी चौकी भकुण्डेबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले काठमाण्डौंबाट खोटाङ जिल्ला दिक्तेल तर्फ जाँदै गरेको बा.५.ख २८८७ नं.को यात्रुबाहक भाडाको बस तिब्र गतीले चलाएको भन्नने सुचनाको आधारमा चेक जाँच गर्दा गाँजा सेवन गरी चलाएको खुल्न आएको छ ।

    ४० जना यात्रुहरु सवार रहेको उक्त भाडा बस रोकी चेकजाँच गर्दा चालक काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल न.पा.वड नं. ७ घर हुने अं.बर्ष २९ को दिपेन्द्र कुमार रम्तेलले अबैध लागु पर्दाथ गाँजा सेवन गरी सवारी चलाई आएको अवस्थामा गाँजा सहित फेला परेको हुँदा पक्राउ गरी आज (सोमबार) काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार