२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा ६ बेडको क्वारेन्टाइन,५ बेडको आइसुलेसन, तयारी अवस्थामा शुरक्षीत पहिरण सहितको एम्बुलेन्स


२५९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १२, बुधबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के मैनाली
    काभ्रे । काभ्रे जिल्लाको पाँचखालमा कोरोना भाईरसबाट बचाउनको लागि ६ वेडको क्वारेन्टाईन र ५ बेडको आईसुलेसन वार्डको व्यवस्था गरेको छ । पाँचखालका नगरवासिहरुमा केही समस्या आएमा तत्काल उपचार गर्ने वातावरण मिलाउनको लागि उक्त व्यवस्था गरेको पाँचखाल नगरका स्वास्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारीले बताउनु भयो ।

    प्रमुख अधिकारीका अनुसार नगरवासिको स्वास्थ्यमा कुनै समस्या आउन नदिनको लागि नगरवासिहरुलाई सचेत गराउने कार्यलाई समेत उत्तिकै महत्व दिदै नगरमा रहेको स्वास्थ्य चौकीहरुलाई उच्च शतर्कता राखेको बताउनु भयो । दुई दिनमा ६ वेडको क्वारेन्टाईन र ५ बेडको आईसुलेसन वार्डको व्यवस्था गरेको बताउनु भयो ।

    पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रमा ५ बेडको आईसुलेसन वार्डको वयवस्था र समाजकल्याण आधारभुत विद्यालयमा ६ वेडको क्वारेन्टाईनको व्यवस्था मिलाएको बताउनु भयो । नगरमा चालकको सुरक्षाको पुर्ण व्यवस्था (पि.पि.ई) गरी तयारी अवस्थामा एम्बबुललेन्सको व्यवस्था गरेको र विरामीको संम्सर्गमा आउने स्वस्थ्य कर्मीहरुको सुरक्षाको लागि १२ सेट पि.पि.ई को व्यवस्था मिलाएको स्वास्थ्य प्रमुख अधिकारीले बबताउनु भयो ।

    पाँचखावासिलाई कोेरोना भाईरसबाट शुरक्षीत राख्नको लागि पाँचखाल वडा नं ४, वडा न.९ पाँचखाल उद्योगबाणिज्य संघ लगाएतले मानिसहरुको आवत जावत हुने स्थानहरुमा हात धुनको लागि पानी र साबनको व्यवस्था मिलाएको छ । पाँचखाल वडा नं ४ का वडा अध्यक्ष शुन्दर तमाङको अनुसार नगरको प्रमुख व्यापारीक केन्द्रको रुपमा रहेको पाँचखालको चोक चोकमा हातधुने व्यवस्था मिलाएको वताउनु भयो ।

    पाँचखाल उद्योगबाणिज्य संघका अध्यक्ष राजन कार्कीका अनुसार कोरोनाबाट जोगिनको लागि पहिलो कार्य भनेको हात धुने साथै चेतनाको बिकास गर्ने भएकोले सो कार्यको लागि पाँचखाल उद्योगबाणिज्य संघ अगाडी बढेको बताउनु भयो । रोगवाट बच्नको लागि के—कस्ता उपायहरु अपनाउनु पर्छ भन्ने बिषयमा चेतना फैलाउन पाँचखालका धरसमान तमाङले व्यक्तिगत तरिकाबाट माईकिङ्ग गर्दै पाँचखाल परिक्रमा गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार