२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा १ सय ९२ सवारी साधन कारबाहीमा


२३१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १२, बुधबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । नागरिकको शुरक्षा साथै स्वास्थ्यमा कुनै समस्या नपरोस भन्दै सरकारले लगाएको लकडाउन लाई अटेर गर्नेहरुलाई प्रहरीले कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे मातहतका प्रहरीहरुले काभ्रेको बिभिन्न स्थानमा भएको प्रहरी चेकपोष्टहरुले लकडाउनको अटेर गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिएको छ ।

    मंगलबारबाट सुरुभएको लकडानउको पहिलो दिन खासै कारवाही नगरेपनि बुधबार सवारी साधन आवत जावतमा बृद्धि भएकोले प्रहरीले कडाई गरेको छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बनेपा, प्रहरी चौकि पाँचखाल, प्रहरी चौकी पनौती लगाएतले अटेर गर्दै सवारी साधन सञ्चालन गर्नेहरुलाई नियन्त्रणमा लिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्र.ना.उ (सुचना अधिकृत) कुमार बिक्रम थापाका अनुसार मिनीट्रक ३, स्कारपियो गाडी १, कार४ मोटरसाईकल १७१, स्कुटर १२ र साईकल१ गरी जम्मा .१९२ वटा सवारी साधन नियन्त्रणमा लिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार