२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

कोरोनाबाट जोगिनको लागि चैतना फैलाउदै स्थानिय साथै जनप्रतीनिहरु


३७४० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १३, बिहिबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के.मैनाली

    काभ्रे । कोरोना बाट आफुपनि बाँचौ अरुलाई पनि बचाऔं भन्ने शंदेसको माईक गर्दै बस्ती बस्तीमा पुग्दैछन पाँचखाल नगरपालीका वडा नं ४ निवासी धरसमान तमाङ । उहाँले व्यक्तिगत ढंगबाट प्रचार प्रशारमा उत्रिएको आज दोस्रो दिन हो ।

    पाँचखाल नगरवासिहरुलाई शुरक्षीत राख्नको लागि नगरपालिकाको तर्फबाट बिभिन्न खाले शंदेशमुलक अभियान चलाई रहेको छ । नगर स्वास्थ्य शाखा सकृयय अवस्थामा रहेको छ । उद्योगबाणिज्य संघ पाँचखाल, वडा कार्यालयहरु समेतले चेतना मुलक अभियानहरु चलाई रहेका छन् । पाँचखाल नगर भित्रका होटल पसलहरु बन्द रहेका छन् । कृषकहरु पनि समेत अवस्थामा रहेका छन् ।

    फाट्ट फुट्ट रुपमा मोटरसाईकलहरुले अटेर गरीरहेका छन् । अति आवश्यकीय रुपमा सञ्चालन भएको सवारी साधनहरुले केही मात्रामा यात्रुहरु पनि ओसार पसार गरीरहेको आशंका भएको छ । सो बिषयमा नगर स्वास्थ्य शाखाका प्रमुख उज्ज्वल अधिकारीले सुरक्षा निकायलाई जानकारी गराई रहनु भएको छ । अति आवश्यक कामले बजार निस्कनेहरुलाई हात धुनलगाउने कार्यमा पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष शुन्दर तामाङ, वडा नं ३ का वडा अध्यक्ष शुन्दर अधिकारी पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की सकृय रुपमा लाग्नु भएको जानकारी प्राप्त भएको छ ।

    पाँचखालका अन्य वडाका वडा अध्यक्षहरुले पनि चेतनामुलक कार्य गर्दै घरवाट बाहीर ननिस्कन सुझाव दिदै गरेको जानकारी प्राप्त भएको छ । बिशेष गरेर पाँचखालको प्रमुख व्यापारीक केन्द्र पाँचखाल वडा नं ४,३,६ र ७ रहेकोले सम्बन्धित वडाका वडा अध्यक्षहरु सकृय ढंगबाट चेतना मुलक कार्यमा जुटीरहेको जानकारी प्राप्त भएको छ । त्यसैगरी वडा नं ९ मा ऐतिहासिक पलाञ्चोक भगवती मन्दिर रहेकोले सो वडाका वडा अध्यक्षले मंन्दिरमा नियम पुजा बाहेक अन्य भक्तजनहरुलाई भिड नगर्न सुझाव दिदै गरेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार