२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

लकडाउन तोड्ने पक्राउ, सुनसान हुदै पाँचखाल , भीडभाड गरे कारबाही


३४८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १३, बिहिबार मा प्रकाशित ४ साल अघि
  • सुशील राज गिरी

    काभ्रे ,पाँचखाल नोभल कोरोना भाइरसको सम्भावित जोखिमबाट नागरिकलाई जोगाउन सरकारले गरेको लकडाउनको तेस्राे दिन मा पनि पाँचखाल मा केही नागरिकले अटेर गरेका छन्। एकजनाबाट एक सातामै करोडौं मानिसमा फैलन सक्ने कोरोनाबाट नागरिकलाई जोगाउन सरकारले गरेको यो लकडाउनका क्रममा मानिसहरु सडकमा बिना कारण माेटरबाईक सहित निस्किदिँदा समस्या भएको हो।

    प्रहरीले त्यसरी बिना कारण घुम्न निस्कने वा भिड भाड बनाउने ब्यक्ति लाई सम्झाउनु का साथै पाँचखाल नगरपालिका छिर्ने प्रमुख द्वार पाँचखाल ५ नं. वडा मा बुधबार प्रहरी चाैकि खावाले चार वटा माेटरसाईकल लाई प्रकाउ गरि कारबाही गरेकाे जानकारी प्राप्त भएकाे छ।

    विश्वब्यापी महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस कोभिड १९० को रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लङ्घन नगर्न पाँचखाल तामाघाट लगाएतकाे स्थान मा जनप्रतिनिधि र प्रहरी ले संयुक्त रुपमा माईकिङ सहित जनचेतनामूलक कार्यक्रम गरे पश्चात पाँचखाल सुनसान जस्तै भएको जानकारी प्राप्त भएको छ।

    पाँचखाल तामाघाट का स्थानीय ब्यक्ति मिलन श्रेष्ठ का अनुसार सम्झाई बुझाई गर्दासमेत अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये सबैभन्दा धेरै बजारक्षेत्रकाे जनता र बुद्धिजीवी रहेका बताउनुभयो ।लकडाउन जनताकाे सुरक्षाको लागि भएकोले यसलाई पालना गर्ने र स्थानीय सरकारलाई सहयोग गर्न वडा नं.४का अध्यक्ष सुन्दर तामाङ ले सबैलाई अनुरोध गर्नुभयो। साथै पाँचखाल प्रहरी र जिल्ला प्रशासन कार्यलय लाईसमेत लकडाउन उल्लङ्घन गर्ने लाई कारबाही गर्न समेत अपिल गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार