२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

काभ्रेमा सवारी दुर्घटना हुँदा ८ घाईते


१८६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १६, आईतबार मा प्रकाशित ४ साल अघि
  • खुवनाथ दुलाल
    काभ्रे । भक्तपुर इट्टा भट्टामा काम गर्दै गरेका मजदुरहरुलाई घर फर्काउने क्रममा आज खानिखोला गाउंपालिका वडा नं १ छापमा सवारी दुर्घटना हुंदा सवारी चालक, सह—चालक सहित ८ जना घाईते भएका छन् ।

    बा.३ ज ८८२६ नं को मिनिट्रले भक्तपुर जिल्लामा रहेका बिभिन्न इट्टा भट्टामा कार्यरत मजदुरहरुलाई आ—आफ्नो घरमा फर्काउने क्रममा ३० जना भन्दा बडी मजदुरहरुलाई ल्याएको थियो । खानिखोला गाउंपालिकाको बिभिन्न ठाउहरुमा ओराल्दै आउने क्रममा धापमा आईपुग्दा ६ जना मजदुर र चालक साथै सहचालक रहेको अवस्थामा दुर्घटना भएको थियो ।

    दुर्घटनाबाट घाईते भएका मध्य बाबुलाल गोले चिन्ता जनक अवस्थामा रहेका छन् । घाईतेहरुको खानिखोला गाउंपालिका धापममा रहेको स्वास्थ्य चौकीमा उपचार हुदै छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार