२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सरकारले नेपाली नागरीकलाई घोर अपमान गर्यो-हुमागाई


२६७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १६, आईतबार मा प्रकाशित ४ साल अघि
  • पनौती/नेपाली काङ्गे्रसका श्रमिक तथा मजदुर बिभाग संयोजक शिवप्रसाद हुमागाईले पे्रस वक्तव्य जारी गर्दै सरकारले नेपाली नागरिकहरुलाई घोर अपमान गरेको बताउनु भएको छ । उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख भएको छ, कोरोना भाईरस संक्रमण भएको पहिलो व्यक्तिको पहिचान भएको २ महिना भईसक्दा पनि सरकारको तयारी सुस्त भएको छ ।

    संयोजक हुमागाईले जारी बिज्ञप्तिमा भनिएको छ—चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) ले आज विश्व समुदाय आक्रान्त बनेको छ । भाइरसले आक्रमण गरेको केही दिनमै हजारौंको संख्यामा मृत्यु, लाखौंको संख्यामा संक्रमित भएको कारणले विश्व समुदाय नै त्रसित छ । यस भाइरस संग लड्न, जुध्न र जित्न २१ औं शताब्दीको विज्ञान, प्रविधि र क्षमताको युगलाई चुनौतीनै बनेको छ । चुनौती केवल यसको उपचार पद्धति वा औषधि पत्ता लगाउनुमा मात्रै रहेन र होइन त्यस संग जोडिएर प्रत्यक्ष –अप्रत्यक्ष रुपमा आउन सक्ने व्यवधानहरु हुन । त्यसमा पनि हाम्रो जस्तो निम्न आय भएको मुलुक र यहाँको जनताको दैनिक जीवनयापनमा आउने समस्यालाई गम्भीर भएर हेर्नुपर्ने आजको महत्त्वपूर्ण विषय हो । पहिलो व्यक्ति संक्रमित देखिएको झन्डै २ महिना भै–सक्दा पनि सरकारी तयारी अति सुस्त र लाज छोप्ने प्रवृत्तिको देखिनु नेपाली नागरिकप्रति घोर अपमान र जनता प्रतिको गैर –जवाफदेहिताको नमुना भएको प्रष्ट देखिन्छ । यस्तो विषम परिस्थितिमा जनताको स्वास्थ्यप्रति गम्भीर हुँदै निम्न बमोजिमका सुझावहरु पेश गर्दछु ।

    १) हल्का सुझाव प्रसारण गर्ने, बैठक र निर्णय बाहिर ल्याउने जस्ता नियमित कार्यले मात्र जनता विश्वस्त हुन सक्ने परिस्थिति बनेको छैन त्यसैले ‘महामारी विरुद्ध राष्ट्रिय महाअभियान २०७६’ घोषणा गरि आवश्यक सामाग्री तत्काल उपलब्ध गराउने र जोहो गर्ने व्यवस्था गरिनुपर्छ ।
    २) मेडिकल टिमलाई WHO को मापदण्ड अनुरुप आवश्यक उपकरण, औजार र सामाग्रीको व्यवस्थापन गरि ‘सुरक्षित क्वारेन्टाइन’ को निर्माण र राख्ने व्यवस्था गरिनुपर्छ ।
    ३) उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई हालसम्म पनि Personal Protective Equipment (P.P.E)  उपलब्ध गराउन नसक्नु, थोरै उपलब्ध P.P.E पनिW.H.O को मापदण्ड अनुरुपको नहुनु र त्यस्ता अविश्वासनीय उपकरण र सामाग्रीको आधारमा डाक्टर, नर्सलगायत स्वास्थकर्मीलाई उपचारमा खटाउने कार्यले संक्रमित हुन बाँकी समाजलाई नै कहालीलाग्दो रुपमा संक्रमित बनाउनु हो । तसर्थ पर्याप्त मात्रामा उच्च गुणस्तरको P.P.E उपलब्ध गराउनु पर्दछ ।
    ४) यस्तो महामारीको प्रकोपको रुपमा अघि बढेको रोग विरुद्धको लडाईँको अग्र भागमा उभिने, होमिने र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुनै हुनु, त्यसैले स्वास्थ्यकर्मीलाई ‘म नागरिकको स्वास्थको खातिर जवाफदेहि र संवेदनशिल छु’ भन्ने भावना जगाई कार्य गर्न–गराउन ‘स्वास्थ्यकर्मी प्रोत्साहन प्याकेज’ घोषणा गरिनुपर्छ ।
    ५) सबै जिल्ला अस्पतालमा प्रशस्त मात्रामा पुग्नेगरी स्तरीय Covid-19 (corona virus) test kit  तत्काल व्यवस्था गरिनुपर्छ । (उदाहरणका निम्ति दक्षिण कोरियाले एकै दिनमा २ लाख सम्म Corona Virus Test गरिरहेको छ । जबकी हाल नेपालमा लाजमर्दो गरी नगन्य संख्यामा केन्द्रमा मात्र परीक्षण भईरहेको छ ।
    ६) भविष्यमा आइपर्न सक्ने सबै परिस्थितिको मुल्यांकन र जिम्मेवारी बोध गरि ‘हाम्रो स्वास्थ हाम्रो साबधानी’ रणनीति बनाई आवश्यक उपकरण, औषधि, सघन उपचार कक्ष, भेन्टिलेटर आदिको तयारी गरिनुपर्छ ।
    ७) महामारी नियन्त्रण गर्नका लागि राष्ट्रिय योजना कार्यन्वयन गर्ने सन्दर्भमा स्वास्थकर्मीहरुलाई उपचारमा एकरुपता कायम गराउन तत्काल कार्यशाला, सेमिनार, गोष्ठी र टे«निङ सञ्चालन गरिनुपर्छ ।

    ८) कोरोना भाइरस विरुद्ध प्रतिपक्ष दल लगायतका सबै राजनितिक दल, नागरिक समाज, सम्पुर्ण सुरक्षा निकाय, सरोकार सम्बद्द सबै पक्ष समग्रमा आम नेपाली नागरिकको एकताबद्ध साथ र सहयोग रहेतापनि, सरकार र स्वास्थ्य मन्त्री ज्यूको भावना जती सुकै पवित्र भएपनि कार्यदक्षता देखिएन । तसर्थ, स्वास्थ्य मन्त्रीज्यू, ‘तपाईं या त तत्काल कार्यन्वयनमा जुट्नुहोस् खट्नुहोस् अन्यथा तपाईंले मार्ग प्रशस्त गर्नु नै राष्ट्र र जनताको हितमा हुनेछ ।’

    नेपाली कांग्रेस ‘किसानको साथी, श्रमिकको पार्टी’को मुल उदेश्यमा समर्पित हुदै ‘श्रम शक्ति नै राष्ट्र शक्ति’ भन्ने भावनाले अभिप्रेरित भै मजदुर, श्रमिक र न्यून आए भएका जनताको सन्दर्भमा तत्काल प्याकेजमा राहत उपलब्ध गराउन सुझावहरु पेश गर्दछु ।
    १) सरकारले लकडाउन र सबै क्षेत्र बन्द घोषणा गरेसंगै औधोगिक कलकारखाना, व्यापार व्यवसाय, सम्पुर्ण कार्यालयहरु बन्द भए । बन्द र लकडाउन भएपछि अलपत्र र अप्ठेरोमा परेका स्वदेश तथा विदेशमा काम गर्ने मजदुर, श्रमिकहरुलाई सुरक्षीत तवरले गन्तव्यसम्म पुर्याउने व्यवस्था हुनुपर्छ ।
    २) कम आय भएका, दैनिक ज्यालादारी गर्ने मजदुर, श्रमिक र आमनागरिकलाई वर्गिय तहमा निर्धारण गरि सबै तहका सरकारको प्रभावकारी समन्वयमा ‘निशुल्क र सस्तो शुल्क’ राहत प्याकेजको व्यवस्था गरिनुपर्छ ।
    ३) लकडाउन लम्बिदै जादा आइपर्न सक्ने खाद्य तथा अत्यावश्यक संकटबाट बच्न ‘खाद्य तथा अत्यावश्यक सामाग्रीको जोहो गर्ने, भण्डारण गर्ने र वितरण गर्ने विधि र वातावरण’ बनाउनुपर्छ ।
    ४) न्यून आय भएका व्यक्ति, श्रमिक र मजदुरहरुका लागि ‘पूर्ण राहत प्याकेज’को व्यवस्था गरिनुपर्छ ।
    ५) संक्रमणको उच्च जोखिमको यस समयमा सरकारी एवम् उधोग वाणिज्य संघ मार्फत सुरक्षात्मक उपाय सहितका ‘अनलाइन सेवा, सहुलियत घुम्ती सेवा’ को व्यवस्था गरिनुपर्छ ।
    ६) विपन्न एवम् मजदुरको छोराछोरीको हकमा आसन्न शैक्षिक सत्रको ‘अध्ययन शुल्क मिनाहा’ गरिनुपर्छ ।
    ७) रोजगारीका लागि विदेशमा रहनु भएका दिदिबहिनी दाजुभाईहरुको चाहना र माग अनुसार नेपाल सरकार जिम्मेवार अभिभावक बनोस् ।
    स्वास्थकर्मी, सुरक्षाकर्मी, श्रमिक तथा मजदुरका आवश्यकता अधिकार र हितका सवालमा नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभाग हरतवरले साथमा रहेर कार्यगर्ने विश्वास दिलाउदै श्रमिक र मजदुरले मुलुक निर्माणमा पु¥याउन’ भएको महत्वपूर्ण योगदानका प्रति विभाग उच्च सम्मान प्रकट गर्दछ । सरकारले पनि उच्च सम्मान प्रकट गर्न माथी उल्लेखित ब“ुदाहरुलाई तत्काल कार्यन्वयनका लागि जोडदार माग गर्दछु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार