२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

फेरी थपियो लकडाउन


१८३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १७, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन गर्ने गरी सिफारिस गरेको छ । आज (आइतबार) बसेको समितिको बैठकले थप ७ दिनसम्‍‍म लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो ।

    आजै बस्‍ने मन्त्रिपरिषद् बैठकले उक्त सिफारिसलाई अनुमोदन गर्नेछ । बैठकले विपन्‍नहरुलाई निःशुल्क राहत वितरण गर्ने बिषयमा समेत सरकारालई सिफारिस गरेको छ । यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो । सरकारले यो सिफारिस अनुमोदन गरेसँगै चैत २५ गतेसम्मका लागि मुलुक लकडाउन हुनेभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार