२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा लकडाउनले माैका छोप्दै ठेकेदार,जोखिममा मजदुर


२४५८ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १७, सोमबार मा प्रकाशित ४ साल अघि
  • सुशील राज गिरी

    काभ्रे, पाँचखाल विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा भेटिएपछि सरकारले विगत तीनदिनदेखि २१ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ ।

    लकडाउनले पुरै देश ठप्प छ । अतिअावश्यक बाहेकका सबै गतिविधि बन्दै छन् । तर पाँचखालका का ठेकेदार लाई भने दशै लागेझै भएकाे छ, लकडाउन काे बेला मजदुर कतै जान नपाएको माैका छाेपी बिहान देखि ढिला सम्म काम मा लगाउने देखि अनुगमन गर्ने निकाए सम्म नभएकाे ले पाँचखाल नगरपालिका भित्र का ठेकेदारलाई दशै लागेकाे हाे ।

    काभ्रे जिल्ला र स्थानीय तह पुर्ण रुपमा लकडाउन छ,यस अबस्थामा सम्पुर्ण स्थानीय अाफ्नै घर भित्र क्वारेन्टाईनमान छन् तर मजदुरको दैनिकी भने उस्तै छ । काभ्रे काे स्थानीय तह पाँचखाल लगाएत अासपास मा ठेकेदार र मजदुरलाई सरकारको लकडाउनको कुनै असर परेको छैन । नियमित मजदुर काममा खटिरहेका छन् ।

    एकजनाबाट एक सातामै करोडौं मानिसमा फैलन सक्ने कोरोनाबाट नागरिकलाई जोगाउन सरकारले गरेको यो लकडाउनका क्रममा मानिसहरु सडकमा बिना कारण र महत्त्वाकांक्षी ठेकेदार काे काम मा मजदुर निस्किदिँदा समस्या भएको हो। मजदुर र केही स्थानीय ले गर्दा भीडभाड बढेपछि अाफ्नै घर भित्र क्वारेन्टाईनमान बसेका स्थानीय पनी संक्रमण काे त्रास मा छन् ।

    दैनिक काम गर्ने र छाक टार्ने मजदुर काे अावश्यकता काे गलत फाईदा उठाउदै साना ठुला ठेकेदारले मजदुर लाई मजदुरी मा लगाउना ले लकढाउन काे उल्लङ्घन त भएको छ नै अझ यी नै मजदुर लाई अाफ्नाे ग्राहक मानेर घरेलुु मदिरा बिक्रीवितरण गर्ने केही स्थानीय काे कारण लकडाउन सिमीत ब्यक्ति लाई एउटा अबसर र धेरै जनता मा त्रास फैलिएकाे पनी देखिन्छ। यसरी काम लगाउदा अनुगमन नहुने र कमसल काम हुने जाेखिम बढ्छ साथै मजदुरलाई कुनै सेफ्टी पनि दिएको छैन यदी काेहि संक्रमित भएमा राेग फैलिने त्रास हुन्छ ।

    जस्का कारण अाफु सुरक्षित वा क्वारेन्टाइन मा बसेर के गर्ने याे अबस्था भएपछि अाफु सुरक्षीत छु भन्दा पनि नजिक मा असुरक्षित जथा भएपछि दुरघटना हुने सम्भाबना र त्रास भईरहन्छ । स्थानीय सरकार ,प्रहरी प्रशासन काे माैनता मा यस्ता गैर जिम्मेवार ठेकेदार र केही ब्यक्ति काे कारण देस ईटाली हुन सक्ने मा स्थानीय त्रसित छन् तसर्थ लकडाउन कसैलाई अबसर र कसैलाई चुनाैती नबनाेस स्थानीय सरकार ,प्रहरी प्रशासन लाई हाम्रो पनि सुझाब छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार