प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो साता ५० करोडको कोष स्थापना गर्दै सहयोगको आव्हान गरेका थिए। त्यही रकम कोषको नाममा निकासा दिइएको अर्थ मन्त्रालयले जनाएको छ।
यो कोषमा सरकारी तथा निजी संस्थाहरुले योगदान गरिरहेका छन्। विभिन्न व्यावसायिक घराना, बैंक तथा वित्तीय संस्था तथा उद्योग प्रतिष्ठानले सरकारले स्थापना गरेको कोषमा रकम उपलब्ध गराइरहेका छन्।
आइतबार सरकारले ल्याएको आर्थिक प्याकेजमा कोरोना नियन्त्रणका लागि सरकारले स्थापना गरेका कोषमा योगदान गरे त्यसलाई करयोग्य आयमा घटाउने सुविधा पनि दिइएको छ।