२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लकडाउनको अटेर गर्ने ६६ जनालाई काभ्रे प्रहरीले झ्याप


२०३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १८, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे, । जिल्ला प्रहरी कार्यालय काभ्रेले लकडाउनको समयमा बिना काम सडकमा आउने ६६ जनालाई नियन्त्रणमा लिएको छ । सवारी साधन मात्र नियन्त्रणमा लिदैँ आएको प्रहरीले आजबाट बिना काम हिड्नेलाई नियन्त्रणमा लिन सुरु गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जिल्लाका विभिन्न स्थानबाट बिहान ११ बजेसम्ममा ६६ जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । सरकारले लकडाउन लगाएको समयमा बिना काम  बाहिर निस्किने बनेपा, पनौती, धुलिखेल, पाँचखाल  लगायतबाट ६६ जनालाई नियन्त्रण लिइसकेका छौँ । नियन्त्रणमा लिएकालाई कोरोना भाइरसका लक्षण, यसबाट बच्ने उपायका बारेमा कक्षा लिइने लिने भएको छ

    जिल्ला प्रशासन कार्यालय काभ्रेले पटकपटक लकडाउनको पूर्ण पालना गर्ने सूचनाहरु जारी गर्दै आएको छ । नगरपालिका, प्रहरी लगायतले माकिङ गरिरहेका छन । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सोमबार जिल्लाबासीका दिइएको आदेशमा अत्यावश्यक काम बाहेक कुनै व्यक्ती घरबाट निस्किएमा संक्रमण रोग ऐन, २०२० को दफा २(२) बमोजिम नियन्त्रणमा लिई कडा कारवाही गरिनेछ, भन्ने उल्लेख छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रे, जिल्ला ट्राफिक कार्यालय काभ्रेले लक डाउन उल्लङघन गर्ने करिब चार सय सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरिसकेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार