२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नगरका मेयरलाई पक्राउ पुर्जी


३००२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १८, मंगलबार मा प्रकाशित ४ साल अघि
  • १८ चैत, रौतहट । गाँजा तस्करीसम्बन्धी एक मुद्दामा रौतहटको इशनाथ नरपालिकाका मेयरलाई पक्राउ गर्न मकवानपुर जिल्ला अदालतले अनुमति दिएको छ ।

    मकवानपुर जिल्ला प्रहरी कार्यालयले रौतहट जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी ईशनाथ नरपालिकाका मेयर सन्तोष मेहता र उनका भाइ मोहन मेहतालाई पक्राउ गर्न आग्रह गरेको छ । मेयरका भाई मोहन नेकपाको इशनाथ नगरपालिका समितिका अध्यक्ष हुन् । गत माघ ११ गते हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीमा रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा ३० किलो ६०० ग्राम गाँजा र ९१ हजार रुपैयाँ बरामद भएको थियो ।

    सो एम्बुलेन्समा तीन वटा झोलामा ६ वटा पोका बनाएर मनहरीबाट हेटौंडातर्फ गाँजा ल्याउँदै गर्दा भारतीय नागरिक विनोद सहनी र एम्बुलेन्स चालक रौतहट डुमरियाका महम्द खलिद र अशोक कुमार पक्राउ परेका थिए ।  पक्राउ परेका सहनीले अदालतमा दिएको वयानको आधारमा मेयर मेहताका दाजुभाइ पक्राउ परेका हुन् ।

    मकवानपुर जिल्ला अदालत हेटौडाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ उपदफा ३ बमोजिम पक्राउ पूर्जी जारी गरेको हो । मेयरका भाइ तथा नेकपाका नगर अध्यक्ष मोहन मेहता एम्बुलेन्स सञ्चालन समितिको अध्यक्षसमेत हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार