२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोना नियन्त्रणका लागि पूर्वराजाले दिए २ करोड


१९४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १८, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा दुई करोड रुपैयाँ जम्मा गराएका छन् । पूर्वराजा ज्ञानेन्द्रले हिमानी ट्रस्टमार्फत कोषमा दुई करोड रुपैयाँ जम्मा गराएको ट्रस्टकी सदस्य सचिव रेश्मा राणाले जानकारी दिइन् । हिमानी ट्रस्टमार्फत पूर्वराजा ज्ञानेन्द्रले आफू र परिवारको तर्फबाट सहयोग गरेको पनि राणाले बताइन् ।

    पूर्वराजा ज्ञानेन्द्रले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीक्रण तथा राहत र उद्धारका लागि सरकारी र गैरसरकारी पक्षबाट भएको कामको समेत प्रशंसा गरेका छन् । साथै अहिले लकडाउन बाध्यात्मक अनिवार्यता भएको उल्लेख गर्दै सबैले आ–आफ्नो ठाउँ र क्षमताबाट पहल गरेमा कोरोना महामारी रोक्न सकिने पनि उल्लेख गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार