२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

श्रीरामका पूर्व बिध्यार्थीहरुले बृध्दबृध्दालाई सहयोग


३२२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २०, बिहिबार मा प्रकाशित ४ साल अघि
  • नारायण सापकोटा पनौती
    काभ्रे । विश्वमा महाँमारिको रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरसको कारण विहान बेलुकीको छाक टार्ट समस्या परेका बृद्दबृद्धाहरुलाई पनौती वडा नं १० मा रहेको श्रीराम माध्यमिक विद्यालयका पुर्व बिद्यार्थीहरुले आवश्यक खाद्य सामाग्री वितरण गरेको छ ।

    पनौती १० स्थित (खोपासी) मा रहेको श्रीराम माध्यमिका २०५४ सालको एस एल सि पास गर्ने बिध्यार्थी समुहले उक्त सामाग्री उपलब्ध गराएको हो । विद्यार्थीहरुले बृद्धबुद्धाहरुको लागि दैनिक आवश्यक पर्ने विभिन्न खाद्यसामाग्री वितरण गरेको थियो ।

    पनौती नगरपालिका वडा नं ९ का वडा अध्यक्ष शहकुल कुमार हुमागाई र स्थानीय समाजसेवीहको रोहबरमा पूर्व बिध्यार्थीहरुले राहत सामाग्री वितरण गरेको थियो । २०५४ सालको एस एल सि पास गर्ने समुहका संयोजक आत्माराम कार्कीले बृध्दाश्रम सञ्चालक समितिका अध्यक्ष रघुनाथ तिमल्सिनालाई हस्तान्तरण गरेका हुन् ।

    हस्तान्तरण कार्यक्रममा संयोजक कार्कीले बृद्धाबुद्धहरुको सेवा गर्नु आफुहरुको दायित्व भएको बताउनु भयो । आश्रममा रहेकाहरुलाई जेजस्तो समस्या परेपनि हाम्रो समुहले निरन्तर रुपमा सघाउने बताउनु भयो । हाम्रो पुर्व बिद्यार्थी समुहको प्रमुख उद्देश्य भनेको समाजमा कोहीपनि खान नपाएर समस्यामा नपरुन भन्ने हो, हामी सोही हाम्रो लक्ष अनुसार निरन्तर रुपमा अगाडी बढ्ने छौं, संयोजक कार्कीले बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार