२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोना संक्रमण रोक्न घरघरमै मेयर


२३०२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २०, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । विश्वमा महाँमारिको रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरसको संक्रमण फैलन नदिनको लागि नगरका मेयर घरघरमै पुगेर जनचेतना फैलाउने कार्य भईरहेको छ ।

    पाँचखाल नगरका मेयर महेश खरेलले नगरमा कोरोना रोगको संक्रमण फैलिन नदिनको लागि घरघरमै पुगेर घरबाहिर ननिस्कन सुझव दिदै हिड्नु भएको छ । नगरमा रहेको होटलहरुलाई पनि होटल बन्द गरेर सघाउन अनुरोध गर्नु भएको छ ।

    बेलुकको समयमा नगरको बिभिन्न स्थानमा रहेको होटलहरुमा पुगी छड्के गर्दै बन्द गर्न अनुरोध गर्दै विगत एक हप्ता देखि दैनिक रुपमा अभियान चलाउदै आउनु भएको छ । नगरमा बसोवास गर्ने कोही भोकै हुन नदिनको लागि गोप्य ढंगबाट विवरण संकलन गर्ने कार्य समेत भएको जानकारी प्राप्त भएको छ ।

    घरदैलो अभियानमा मेयर खरेलले भन्नुभयो “म विगतमा हात जोड्दै मत माग्न आएको थिए, तपाईहरुले विश्वास गर्नुभयो, म आज पुन हात जोड्दै घरघरमै आएको छु, तपाईहरुले मेरो विश्वास गरेर लकडाउनको पुर्ण पालना गर्नु हुन्छ ।” हामी नगरवासिहरुले लकडाउनको पुर्ण पालना गरेउ भने नगरवासिमा कुनै संक्रमण फैलंदैन त्यती मात्रै नभएर पाँचखालको प्रभाव मुलुकभर नै पर्छ । सम्पुर्ण नेपाली सचेत भएमा नेपालमा अप्रिय घटना घट्दैन । मेयर खरेलले भन्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार