२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

अस्ट्रेलियाले सुरु गर्यो कोरोना भाईसर खोपको परिक्षण


१७५६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २०, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित दुई खोपको ल्याब परीक्षण सुरु गरेका छन् ।

    अक्सफोर्ड यूनिभर्सिटी र अमेरिकी कम्पनी इनोभिनो फर्माक्युटिकलले बनाएको खोप जनावरमा परीक्षणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अनुमति दिएको छ । अस्ट्रेलियाको नेशनल साइन्सले यो खोपले काम गर्छ वा गर्दैन भन्ने परीक्षण गर्नेछ । यो खोप मानिसका लागि सुरक्षित रहे–नरहेको पनि परीक्षण हुनेछ ।

    कोभिड–१९ को खोप पहिलोपटक अमेरिकामा गत महिना मानिसमा परीक्षण गरिएको थियो । तर उक्त खोपमा जनावरमा गर्नुपर्ने पहिलो परीक्षण गरिएको थिएन । विश्वभर अहिले कोरोनाविरुद्धको खोप निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । तर अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एण्ड इन्डष्ट्रियल रिसर्च अर्गनाइजेशन (सीएसआईआरओ)ले भने परीक्षण जनावरको मोडलबाट सुरु गरिएकाले प्रभावकारी हुने बताएको छ ।

    अहिलेको अवस्थामा खोप निर्माणको लागि देखिएको विश्वव्यापी सहकार्य अभूतपूर्व रहेको शोधकर्ताले बताएका छन् । सामान्य हिसाबमा अहिलेको अवस्थामा पुग्न एकदेखि दुई वर्षसम्म लाग्ने गरेको सीएसआईआरओका डक्टर रोब ग्रेनफेलले बताए । केही दिनअघि सीएसआईआरओको टोलीले यो खोप सानो स्तनपायी जनावर फेर्रेटमा परीक्षण गरेको थियो । यो जनवरमा पनि कोरोना भाइरसको असर मानिसमा जस्तै पर्ने गरेको पाइएको थियो ।

    अहिले कोभिड–१९ को विकासका लागि विश्वभर कम्तीमा २० ओटा खोप विकासको क्रममा छन् । सीएसआईआरओले विश्वभरका प्रमुख संस्थाहरुले छानेको दुई विकल्पलाई आधार बनाएर आफ्नो खोपको परीक्षण गरिरहेको छ । साथै यसबारे गरिएका अधिकांश शोधलाई पनि आधार बनाएको छ । त्यसैअनुसार दुई किसिमको खोपको विकास गरिएको हो । वैज्ञानिकहरुकाअनुसार जुनको सुरुवातसम्ममा यो खोपको पहिलो नतिजा आइसक्छ । यो सफल भयो भने यसको फेरि क्लिनिकल परीक्षण अन्यत्र कुनै ल्याबमा गरिनेछ । यो अवधिसम्ममा विश्वभर यो भाइरसविरुद्ध धेरै खोपको परीक्षण हुन थाल्नेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार