२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

धुलिखेलमा ८४ घरपरिवारलाई खाद्यान्न वितरण


७९३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २१, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • नारायण सापकोटा,धुलिखेल,

    आत्माग्यान प्रचार संघ द्वारा धुलिखेल नगरपालिका वडा नं १० का दैनिक ज्याला मजदुरी गरेर मात्र छाक टारने 84 घर परिवार लाइ खाद्यान्न बितरण गरेको छ । लक डाउनका कारण ज्याला गरि खानपानको ब्यवस्था गर्न कठिन भएका दैनिक ज्याला मजदुरी गरेर मात्र खान पुग्ने स्तरका घर परिवारलाई लक डाउनका कारण भोकै रहन नपरोस् भन्ने उदेस्यले वडा कार्यालयको सहकार्यमा दाल,चामल,तेल,चिनि नुन र साबुन समेत बितरण गरिएको आत्म ग्यान प्रचार सघका प्रतिनिधि डा,प्रेमराज ढुङ्गेलले जानकारी दिनुभयो ।

    धुलिखेल नगरपालिका वडा नं १०का वाड अध्यक्ष पुष्पराज राउतका अनुसार आत्मग्यन प्रचार संघ र अमेरिका निवासी एक ब्यक्तीको सहयोगमा स्थानीय समाजसेवीहरुको समन्वयमा अत्यन्त गरिब परिवारलाई राहत स्वरुप लक डाउन अवधिभर खान समस्या नहोस् भन्ने उदेस्यले ती अत्यावश्यक खाध्य सामाग्री बितरण गरिएको जानकारी दिनु भयो ।

    स्थानीय जन प्रतिनिधि ,नेपाली कांग्रेसका क्षत्रीय सभापति रमेशप्रसाद हुमागाई,पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना,पूर्व अध्यक्ष नारायण सापकोटा,समाजसेवी कुमार बोगटी तथा स्थानीय समाजसेवीहरुको रोहबरमा आत्म ग्यान प्रचार संघ कभ्रेका कोशाध्यक्ष बिनोद अधिकारीले उक्त राहत सामाग्री बितरण गरेका हुन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार