२०८१ बैशाख १०, सोमबार | Mon, 22, Apr, 2024

लकडाउन अबधिको लागि १० प्रतिशत छुटमा खाद्यान्न


३९९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २२, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं – सरकारले लकडाउन अवधिभरका लागि निश्चित ठाउँबाट १० प्रतिशत छुटमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने तयारी गरेको छ ।

    मन्त्रिपरिषद्को बैठकले खाद्य तथा अतिआवश्यकीय वस्तुमा १० प्रतिशत छुट गरिने भनेर गरेको निर्णयपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो । मन्त्रालयले सरकारका मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङले बिक्री गर्दै आएका खाद्यान्न, चामल, गेडागुडी, इन्डक्सन चुलो, नुुन, चिनी, एसटीसी ग्यासलगायतमा १० प्रतिशत छुट दिने तयारी गरेको छ ।

    मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले ती कम्पनीबाट छुटसहित उपलब्ध गराउने सामान बिक्रीको निर्दे्शिका बनाउने क्रममा भएको र एक/दुई दिनमै निर्दे्शिका तयार हुने बताए ।

    निर्दे्शिकामा खाद्यान्नको छुट कस्तो वर्ग वा समुदायका व्यक्तिलाई दिने भन्ने विषयमा स्पष्ट परिभाषा गरिने र त्यही आधारमा ती कम्पनीबाट उपलब्ध हुने सामान १० प्रतिशत छुटमा दिइने उनको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार