२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोना नियन्त्रणको लागि सरकारले गरेको खर्च


२०६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २२, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि अर्थ मन्त्रालयले हालसम्म डेढ अर्ब रुपैयाँ बजेट निकासा गरेको छ । 

    स्वास्थ्य मन्त्रालयलाई ५ करोड रुपैयाँ बजेट रकमान्तरको अनुमति दिएको अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख धनीराम शर्माले जानकारी दिए । ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न ५० करोड निकासा भएको छ । उनले भने, ‘चीनको वुहानबाट १ सय ७४ नागरिकलाई उद्धार गर्दा १३ करोड रुपैयाँ खर्च भएको छ ।’ यस आधारमा हालसम्म १ अर्ब ४ करोड रुपैयाँ अर्थले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि निकासा दिएको हो । यो बजेटमध्ये वुहानबाट उद्धार गर्दाको १३ करोड रुपैयाँ भने पूरै खर्च भइसकेको पनि अर्थले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार