२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

कोई भोकै बस्नु पर्दैन -नगरपालिका, कसैको छाक नरोकियोस -आत्मग्यान प्रचार संघ


४३५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २२, शनिबार मा प्रकाशित ३ साल अघि
  • नारायण सापकोटा

    पनौती; लक डाउनका समयमा कुनै परिवार भोकै नपरोस् भन्ने उदेस्यले पनौती नगरपालिकाले अति बिपन्न परिवार लाई खाध्यान्न बितरण गरेक छ पनौती नगरपालिका प्रमुख भिम न्यौपानेका अनुसार वडा बिपद ब्यवस्थापन समितिहरुको बैठक बाटै छनौट भएका परिवार लाई उक्त खाध्य सामाग्री बितरण गरिएको हो ।

    पहिलो चरणमा पत्यक वडाका अति बिपन्न ,मजदुरहरुका परिवार छनौट गरि नगरपालिकाका १२ वटा वडामा बसोबास् गर्ने १०/१० घर परिवार गरि कुल १ सय २० घरपरिवारलाई खाध्यान्न बितरण गरिएको नगर प्रमुख न्यौपानेले बताउनु भयो । उनले लकडाउनको अवधि बढ्दो अवस्थामा रहने भएमा थप ब्यवस्था गर्ने गरि पनौती नगरपालिकाले खाध्यान्न सहयोग संकलन गरिरहेको र सहयोगीहरु पनि उत्साहजनक रुपमा सहभागी भइरहेको जानकारी दिनुभयो ।

    त्यसैगरी नगर पालिकाले ब्यवस्था गरेको १० घरपरिवार बाहेक पनौती नगरपालिका वडा नं ६ निवासी अन्य ३० घरपरिवार लाई आत्माग्यान प्रचार संघ र प्रेम सागर फाउण्डेशन काठमाण्डौले संयुक्त रुपमा राहत प्याकेज उपलब्ध गराएको छ । पनौती नगरपालिका वडा नं ६ का दैनिक ज्याला मजदुरी गरेर मात्र छाक टार्ने जम्मा ३० घर परिवार लाइ खाद्यान्न बितरण गरेको आत्मग्यान प्रचार संघका अध्यक्ष डा,लक्ष्मी जोशी श्रेष्ठले जानकारी दिनुभयो ।

    लक डाउनका कारण ज्याला गरि खानपानको ब्यवस्था गर्न कठिन भएका दैनिक ज्याला मजदुरी गरेर मात्र खान पुग्ने स्तरका घर परिवारलाई लक डाउनका कारण भोकै रहन नपरोस् भन्ने उदेस्यले नगरपालिका र आत्मग्यान प्रचार संघ कार्यालयको सहकार्यमा दाल,चामल,तेल,चिनि नुन र साबुन समेत बिभिन्न समाग्री बितरण गरिएको आत्म ग्यान प्रचार सघ काभ्रेका कोषाध्यक्ष बिनोद्कुमार अधिकारीले जानकारी दिनुभयो ।

    पनौती नगरपालिका वडा नं ६ का वाड अध्यक्ष सुधिर सापकोटाका अनुसार आत्मग्यान प्रचार संघ र नगापालिकाको सहयोगमा स्थानीय समाजसेवीहरुको समन्वयमा अत्यन्त गरिब ४० घरपरिवारलाई राहत स्वरुप लक डाउन अवधिभर खान समस्या नहोस् भन्ने उदेस्यले ती अत्यावश्यक खाध्य सामाग्री बितरण गरिएको जानकारी दिनु भयो ।स्थानीय जन प्रतिनिधिहरु ,पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष नारायण सापकोटा प्रेम सागर फाउण्डेशनका प्रतिनिधि यदुकुमार दहाल,समाजसेवी कुमार बोगटी ,भिमप्रसाद आचार्य ,निर्वाचित वडा सदस्यहरु प्रताप सिंह थापा,रामशरण हुमागाई,नानीमैया खड्का,खिनमाया मगराती तथा स्थानीय समाजसेवीहरुको रोहवरमा खाध्य सामाग्री बितरण गरिएको वडा सचिव राजेन्द्र सापकोटाले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार