२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

कोरोनाको कारण कर्मचारीको मृत्यु भएमा २५ लाख


२७२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २३, आईतबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल नगरपालिकाले कोरोना (कोभिड १९) को संक्रमण न्यूनीकरण तथा रोकथामका लागि एक वडाबाट अर्को वडामा जान रोक लगाएको छ ।

    संघीय सरकारले निर्णय गरेको भोलिपल्ट पाँचखालको ६२ औ बैठकले एक वडाबाट अर्को वडामा जान रोक लगाएको नगर प्रमुख महेश खरेलले जानकारी दिनुभयो । तर तरकारी, दूध, औषधी र खेतबारीमा काम गर्ने कृषक बाहेक सोमबार देखि अरुलाइ एक वडाबाट अर्को वडामा जान रोक लागएको हो ।

    लकडाउन भएपनी स्थानीयले नियममा नबसेको भन्दै बैंठकले मदिरा जन्य पसलहरु सबै बन्द गराउने, वडा भित्र रहेका खाद्यान्न पसलहरु हप्तामा २ दिन सोमबार र शुक्रबार खोल्ने, नगरभित्र रहेका होलसेल पसल हप्तामा १ दिन सोमबारमात्र खोल्न पाउने समेत निर्णय गरेको नगर प्रमुख खरेलले जानकारी दिनुभयो । त्यस्तै बैठकले कोरोना भाइरस नियन्त्रण, रोकथाम एवं सरसफाइमा नगरपालिकाबाट खटिने जनप्रतिनिधि, स्थायी, अस्थायी तथा करारका कर्मचारीको कोरोनाको कारण मृत्यु भएमा निजको परिवारलाई २५ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार