२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

वेलायती प्रधानमन्त्रीलाई कोरोना


२७९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २५, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण अवस्था गम्भीर बनेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पतालको आईसीयूमा सारिएको छ ।

    प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार प्रधानमन्त्री जोनसोन आफ्नो मेडिकल टिमको सुझावका आधारमा आईसीयूमा सारिएका हुन् । बीबीसीका अनुसार प्रधानमन्त्री जोनसोनलाई सोमबार दिउँसो आईसीयूमा लैजानुअघि अक्सिजन पनि दिइएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे रानी एलिजावेथलाई पनि जानकारी गराइएको छ । प्रधानमन्त्री लण्डनको सेन्ट थोमस अस्पतालका डाक्टरहरुको निगरानीमा छन् ।

    ‘मंगलबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कमजोर भएपछि उहाँका मेडिकल टिमको सुझावको आधारमा अस्पतालको आईसीयूमा सारिएको छ’ प्रधानमन्त्री कार्यालयले रानीलाई लेखेको पत्रमा भनिएको छ ‘अहिले प्रधानमन्त्रीले उच्च स्तरको सेवा पाउनुभएको छ ।’

    ५५ वर्षका जोनसोन स्थानीय समयअनुसार आइतबार बेलुका अस्पताल भर्ना भएका थिए । उनले परराष्ट्रमन्त्री डोमिनिक राबलाई आवश्यक परेका ठाउँमा कार्यबाहक भएर काम गर्न आग्रह पनि गरिसकेका छन् । प्रधानमन्त्री जोनसोनमा कोरोना संक्रमणको सामान्य लक्षण देखिएपछि १० दिनअघि जाँच गराउँदा संक्रमणको पुष्टी भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार