२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८२ हजार नाघ्यो, लकडाउनको मौका छोप्दै जुवा तासमा झुम्दै


१९६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २६, बुधबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । सरकारले नेपालमा कोरोना भाईरसबाट आक्रमण गर्न नसकोस भन्ने उद्देश्यले लकडाउन गरेको छ । तर लकडाउनको मौका छोप्दै जुवा तास साथै मदिरामा झुम्नेहरुको संख्या दिनपर दिन बढ्दो छ । जसले गर्दा संक्रमण हुने संभावन प्रवल रहेको छ ।

    विश्वमा महाँमारीको रुपमा फैलिएको कोरोना भाईरसबाट नेपालमा कुनै समस्या नरहोस भन्दै सरकारले लकडाउनको सुरुवाती गरेको आज १६ औं दिन भएको छ । यो अवस्था भनेको घरवाट वाहिर निस्कन नहुने अवस्था हो । तर जानकारहरुनै लकडाउनको खिल्लि उडाउंदै जुवा तासमै झुमी रहेका छन् ।

    प्रहरी प्रशासनले लकडाउनको पुर्ण पालनाको लागि चेतनामुलक अभियानका साथमा सुरक्षा दिदै छन् । उनीहरु आफ्नो स्वास्थ्यको कुनै पर्वाह नगरी अहोरात्र निरन्तर रुपमा खटिरहेका छन् । यहि मौका छोप्दै काभे्रको प्रमुख व्यापारीक केन्द्र बनेपा लगाएत आसपासको क्षेत्रहरुमा जुवा तास राम्रैसंग मौलाएको जानकारी प्राप्त भएको छ । यसरी जुवा तासमा रमाउनेहरुमा कोरोना रोगको बारेमा जानकार नहुने पक्ष भन्दा जानिबकार पक्षको संख्या बढी भएको पाइन्छ ।

    कोरोना रोगको कारण विश्वमा ८२ हजार भन्दा बढीले ज्यान गुमाई सकेका छन् । १४ लाख ३१ हजार ९ सय रोगबाट संक्रमीत भएका छन् । विश्वका चर्चीत मुलुकहरुमा रोगको कारण धेरैले ज्यान गुमाएका छन् । हाल सम्मको अवस्थामा सवैभन्दा धेरै इटालीमा १७ हजार १ सय २७ ले ज्यान गुमाएका छन् भने दोस्रोमा स्पेन १४ हजार ४५ जना र तेस्रोमा अमेरिकामा १२ हजार ९ सय ११ जना र चौथोमा फ्रान्समा १० हजार ३ सय ४३ ले ज्यान गुमाएका छन् । त्यसैगरी कोरोनाको सुरुवाती भएको चिनमा भने ३ हजार ३ सय ३७ ले ज्यान गुमाएका छन् चिनको यो डेटा करिव १० दिन अगाडीको हो सो भन्दा पछि कसैले ज्यान गुमाएका छैनन् ।

    विश्वमा यति धेरै भयावह स्थिति आईरहेको अवस्थामा नेपाललाई सुरक्षीत राख्नको लागि सरकारले निकै ठुलो प्रयास गररेको छ । स्थानिय तहका जनप्रतीनिधिहरु उत्तिकै जुटिरहेका छन् । घरघरमा पुगेर चेतनामा मुलक सुचनाहरु फैलाउने कार्य भएको छ । आ—आफ्नो स्थानिय तहमा अप्रिय घटना हुन नदिनको लागि प्रयासहरु जारी छ । तर कतिपय स्थानिय तहले जारी गरेको निर्देशन पुर्णरुपमा पालना हुन सकेको छैन । जस्ले गर्दा कतिपय निर्णयहरु कागजमै सिमित हुन पुगेको छ ।

    नेपाल र नेपालीको हितको खातिर जारी गरेको सुचनाको पालना नगर्नु साथै सचेत बर्ग नै लकडाउनको उलैघन गर्नुले नेपाल सरकारले लिएको लक्ष पुर्ण नहुन सक्छ । यस्ता नेपाल र नेपालीको हितको विपरित कार्यमा संलग्नहरुलाई जवसम्म कानुनि दायरामा ल्याउन सक्दैन तवसम्म लकडाउनको उलंघन दिपर दिन बढ्दै जाने संम्भावना प्रवल छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार