२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रे मा युवा बने असल छिमेकी


३१०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २७, बिहिबार मा प्रकाशित ४ साल अघि
  • सुशील राज गिरी

    काभ्रे विश्व नै कोराना भाइरसले आक्रान्त बनेको छ न धनी, न गरिब, न ठूलो न सानो कसैलाई यस ज्यानमारा भाइरसले बाँकी राखेको छैन बिश्व मा केही दिन अघिसम्म ग्रीन जोनमा देखिएको नेपाल अहिले रेड जोनमा छ ।

    यसको प्रभाव अन्य देशको तुलनामा कम भएपनि जोखिम र त्रास भने नेपालमा पनि बढ्दै छ।जसको कारण पाँचखाल नगरपालिका वडा नम्बर ५ का युवाहरुले अाफ्नाे वडा मा रहेकाे ज्याला मजदुरी गर्ने तर सरकारले लगाएकाे लकडाउन काे कारण चुलाे निभ्ने स्थथिती सृजना भएपछि टाेल टाेल मा समूह बनाई” छिमेकी काे चुलाे बालाै काेराेना बाट अाफु बचाै अरुलाई बचाउ” भन्दै खाद्यान्न बाडेका छन्। खाद्यान्न पाँचखाल ५ का करिब २० घर धुरी लाई १५ के.जी चामल,नुन,तेल,साबुन बितरण गरिएकाे थियाे।

    सरकारले एक द्वार प्रनाली बाट राहत बितरण गर्ने भने पनि राहत समयमा नपाउदा स्थानीय स्तर मा युवा सकृयता बढेको छ, परा पुर्ब कालमा अैचाे पैचाे पर्व भनेर ,हुने ले नहुने लाई दिने चलन रहेका मा हाल बिकाश सगै पुराना सभ्यता बिर्सिएर मानबता मर्दै गरेकाे अबस्थामा काेराेना (काेभिड १९) ले फेरि सहयोग, भाईचरा,मानवीयता र असल छिमेकी हुन सिकाएको र अाफु प्रेरित भएर याे अभियान सुरु गरेकाे छिमेकी काे चुलाे बालाै अभियान का अभियन्ता शुनिल राज गिरीले बताउनु भयाे ।१५ जना जति स्थानीय युवा मिल्दा केही मजदुरी गर्ने काे चुलाे जलाउन सकिने भएकाे ले याे अभियान सुरु भएकाे स्थानीय ब्यबसायी सानु लामाले बताए ।

    छिमेकी काे चुलाे बाल्ने अभियान का लागि एक थुकि सुकि सयौं थुकी नदि भन्दै ब्यक्तिगत रुपमा सहयोग जुटाउनु काे साथै अग्रज दाजुहरु र केही नेता हरुले ब्यक्तिगत रुपमा सहयोग गरेकाे र उक्त कार्य ले कसैलाई असर नगरियोस् भन्ने हेतु ले जानकारी काे रेकर्ड राखियएकाे तर कुनै फाेटाे सामाजिक संजाल मा नराख्ने सहमति भएकाे जानकारी प्राप्त भएकाे छ। विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा भेटिएपछि सरकारले विगत सत्र दिनदेखि बैसाख ३ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ । लकडाउनले पुरै देश ठप्प छ ।

    अतिअावश्यक बाहेकका सबै गतिविधि बन्दै छन् । लकडाउन प्रभाबकारी बनाउन स्थानीय सरकाले छुट्टाछुट्टै रणनीति का साथ अघि बडेकाे अबस्थामा ज्याला मजदुरी गरेर परिवार काे भरणपोषण गरेका काे जीवन बष्टकर भएको र हरेक कुरामा सरकार र राहत भनेर कुर्नु भन्दा सरकारलाई सहयोग गर्दै राेग र भाेक सङ्ग लड्न टाेल टाेल मा राहत नअाउन्जेल काे लागि स्थानीय काे चुलाे बाल्न अाफुहरु सहभागी भएकाे पाँचखाल ५ मैदान बाट स्थानीय युवा अनिल श्रेष्ठ, सन्देश सुन्दास, अनिल सापकाेटा,पुजन सापकोटा लगाएत ले बताए।

    कोरोना भाइरसका कारण लकडाउन भएसँगै सबै प्रकारका काम ठप्प हुदा ज्याला मजदुरी गर्ने अाफ्ना छिमेकी काे अबस्था मा मलम लगाउन याे अभियान सुरु भएकाे अर्का अभियान्ता मित्र भुजेल ले जानकारी गराउनु भयाे।छिमेकी काे चुला बालाै अभियान का अभियन्ता कुमार लामा र राजु लामा ले याे कुनै पार्टी विशेष नभएको र कुनै संस्था काे सहयोग नरहेको जानकारी गराउदै अभियन्ता कुमार लामाले भन्नुभयो याे कुनै संघ सस्था ले बाडेकाे जस्तो राहत हैन र राजनीतिक प्रचार हैन स्थानीय सरकार काे राहत अाउला, तर त्योभन्दा अघि अति बिपन्न ज्यालामजदुरी गरेर परिवार पाल्दै गरेका अाफ्ना छिमेकी भाेकै नबसुन भनेर याे अभियान सुरु भएकाे ले यदि हामी सबै ले सक्नेजति ले नसक्नेलाई सहयाेग गर्ने हाे भनेजुनसुकै पार्टी भएपनि दाेस र खिचातानी काे राजनिती मा फस्नु नपर्ने र बिकास र बिस्वास मा एकसाथ अघि बढ्न सकिने बताउनुभयो । हामी गाउँघरमा छाै भुकम्प काे बेला जस्तो हैन विश्व माहामारि सग जुधिरहेकाे ले सहरमा जस्तो राहात प्याकेज काे अासा गर्नु भन्दा अैचाे ,पैचाे सरसापट र हुने ले नहुनेलाई सहयोग गर्नु पर्ने सहभागी भुबन भारती ले बताउनु भयाे ।सरकारले एक द्वार प्रनाली बाट राहत बितरण गर्ने भने पनि राहत समयमा नपाउदा स्थानीय स्तर मा युवा सकृयता बढेको छ भने हरेक अभियन्ताले स्थानीय सरकार र सरकार काे एक द्वार प्रणालि लाई सहयाेग गर्न जरुरि छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार