२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बाबुको हत्याको आरोपमा छोरा पक्राऊ


२७७० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २८, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • गुल्मी । गुल्मीमा प्रहरीले बावुको हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ पालुखा निवासी ४६ वर्षका टेकबहादुर कुमालको हत्या आरोपमा छोरा २९ वर्षका अर्जुन कुमालाई पक्राउ गरिएको गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए ।

    बिहीबार राति बाबु र आमाबीच झगडा हुँदा अर्जुनले बाबुलाई कुटपिट गरेका थिए । घर बनाउने बिषयमा श्रीमान श्रीमतीबीच झगडा भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा पक्राउन परेका छोरा सुस्त मनस्थितिको रहेको प्रहरीले जनाएको छ । शबको पोष्ट मार्टम रिर्पोटबाट थप खुल्ने प्रहरी निरीक्षक पुनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार